विहेको अघिल्लो दिन बेहुला विराटनगरबाट पक्राउ, बिहे गराएर प्रहरीले हिरासतमै ल्यायो

<span class='c1'>विहेको अघिल्लो दिन बेहुला विराटनगरबाट पक्राउ,</span> <span class='c2'>बिहे गराएर प्रहरीले हिरासतमै ल्यायो</span>

विराटनगर । कुनै बेहुलाको भोली धुमधामका साथ विवाह हुदैछ तर अघिल्लो दिन प्रहरीको नियन्त्रणमा हुदाँ वेहुलाको परिवारमा कस्तो होला ? अनी बेहुली पक्षले त्यस्तो अबस्थामा कस्तो प्रतिक्रिया जनाउलान् । यस्ता घटना बिरलै हुन्छन् । तर यो घटना कुनै टाढाको भने हैन । सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ मा यस्तै एउटा घटना भएको छ ।
धरान उपमहानगरपालिका –१५ का कमल विश्वकर्माको मंसिर २९ गते विवाह हुदै थियो । तर मोरङ प्रहरीले उनलाई मंसिर २८ गते शनिबार अवैध लागुऔषध सहित पक्राउ गर्यो ।
भारतको जोगवनीबाट अवैध रूपमा लागूऔषध ल्याएको आरोपमा लागु औषध ब्यूरोको टोलीले हुने वाला बेहुलालाई पक्राउ गरेको थियो । भारतको जोगवनीदेखि अवैध रुपमा लागूऔषध ल्याएको आरोपमा कमललाई २१ एम्पुल लागूऔषध सहित पक्राउ परेपछि बेहुलाका आफन्तमा चिन्ता बढ्न थाल्यो ।
उनी पक्राउ परेको बारे जब परिवारमा खबर पुग्यो अनी उनका परिवारमा तनाव भएको थियो । धरानबाट बेहुलाका आफन्त ईलाका प्रहरी कार्यालय घेरा उगर्न पुगे तर पनि प्रहरीले उनलाई छाडेन ।

यसरी भयो बिवाह
विवाहको अघिल्लो दिन प्रहरीको हिरासत बसेर विवाहको दिन दुई जना सादा पोशकमा प्रहरी खटाएर कमललाई घर पठाएको थियोे । विवाहको दिन कमललाई लिन जन्ती जाने टोली पनि मोरङ प्रहरीको कार्यालयमा बाहिर आएका थिए । विवाहको एक दिनका लागि सादा पोशाकमा प्रहरी टोली खटाएर कमललाई घर पठाएको थियो ।
आइतबारको विवाह सकिएपछि सोमबार साँझ कमललाई जिल्ला प्रहरी कार्यालय मोरङ ल्याएको थियो । मंगलबार दिउँसो सरकारी वकिलको कार्यालयमा कमललाई उपस्थीत गराएर मोरङ अदालतमा लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ ।
बेहुलीको घर धनुकुटाको महालक्ष्मी नगरपालिको चानुवाडाँडागाउँ हो । उनीहरूको लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो । आइतबार कमलको महालक्ष्मी नगरपालिका चानुवाडाडागाउँकी रसाईली थरकी एक किशोरीसँग रात्री कालिन विवाह भएको हो । पक्राउ परेका कमल लागूऔषध प्रयोगकर्ता रहेको अनुसन्धानमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्