आगो ताप्नेक्रममा जलेर एक वृद्धाको मृत्यु

<span class='c1'>आगो ताप्नेक्रममा जलेर</span> <span class='c2'>एक वृद्धाको मृत्यु</span>

रौतहटको गौरमा आगो ताप्नेक्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । सदरमुकाम गौर ४ मा जलेर ७५ वर्षकी वृद्धा चन्द्रकला देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । गएराति घर भित्रै आगो ताप्दै गरेकी उनको लुगामा अचानक आगो सल्किएपछि जलेर मृत्यु भएको हो । मृतक वृद्धाको शव पोष्टमार्टमका लागी जिल्ला अस्पताल गौरमा राखिएकोे छ ।
यसैबिच, रौतहटको टेंग्राहाबाथमा १० दिनअघि हराइरहेकी बालिकाको शव फेला परेको छ । स्थानीय गाउँले र प्रहरीले बालिकाको शव उँखु बारीमा स्यालले खाएर क्षतबिक्षत बनाएको अवस्थामा फेला पारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्