२३ करोडको लागतमा सूर्याेदयमा चिया परिक्षण केन्द्र निर्माण हुने, प्रदेश सरकारले गर्यो सम्झौता

<span class='c1'>२३ करोडको लागतमा सूर्याेदयमा चिया परिक्षण केन्द्र</span> <span class='c2'>निर्माण हुने, प्रदेश सरकारले गर्यो सम्झौता</span>

विराटनगर । इलामको सूर्याेदय नगरपालिकामा प्रदेश सरकारको साझेदारीमा करिब २३ करोडको लगानी चिया परिक्षण तथा प्रवद्र्धन केन्द्र निर्माण हुने भएको छ । प््रादेश सरकारको ७५ प्रतिशत लगानी र सूर्याेदय नगरपालिकाको २५ प्रतिशत लगानीमा केन्द्र निर्माण गर्न लागिएको हो ।
केन्द्र निर्माणको लागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र सूर्याेदय नगरपालिकाबीच बुधबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शेरधन राईको उपस्थितीमा भएको समझदारीमा मन्त्रालयका कृषि सचिव विमलकुमार निर्मल र सूर्याेदय नगरपालिकाका मेयर रणबहादुर राईले हस्ताक्षर गरेका छन् । दुई वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरि कार्य प्रारम्भ गरिने मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताउनुभयो ।
समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै मुख्यमन्त्री शेरधन राईले चियाको राजधानी भनेर चिनिने सूर्याेदयमा बन्ने टि टेष्टिङ हाउसले चियाको प्रवद्र्धन र गुणस्तरीय उत्पादन साथै बजारिकरणमा सहयोग पुग्ने बताउनुभयो ।
देशकै सुविधासम्पन्न र नमूना केन्द्रको रुपमा स्थापना हुने भएकोले यहाँबाट देशकै चिया विकासमा ठुलो टेवा पुग्ने र पर्यटन प्रवद्र्धनमा पनि भूमिका खेल्ने मुख्यमन्त्री राईको विस्वास छ । मुख्यमन्त्री राईले प्रदेश सरकार कृषि क्षेत्रको विकासमा लागेको सन्देश प्रवाहित भएको समेत उल्लेख गर्नुभयो ।
सूर्याेदय नगरपालिकालाई प्रदेश सरकारले पर्यटकीय नगरीसमेत घोषणा गरिसकेकोले यो केन्द्र निर्माणले थप सहयोग पुग्ने बताउँदै नेपालको कृषि उत्पादनबाट निर्यात बढाउन समेत मद्दत पुग्ने बताउनु भयो । कार्यक्रममा सूर्याेदय नगरपालिकाका प्रमुख रणबहादुर राईले ७० प्रतिशत अर्थाेडक्स चिया उत्पादन गर्दै आएको केन्द्रको निर्माणसँगै चियाको बजारीकरण प्रवद्र्धनमा उल्लेख्य उपलब्धि हासिल हुने विस्वास व्यक्त गर्नुभयो ।
सूर्याेदय नगरपालिकामा वार्षीक करिब ५० लाख केजी चिया उत्पादन हुँदै आएको छ । प्रदेश सरकारले सो केन्द्र निर्माणका लागि यस वर्ष ५ करोड रुपैयाँ खर्च गर्ने मन्त्रालयका सचिव विमलकुमार निर्मलले जानकारी दिनुभयो । केन्द्र स्थापना गर्न करिब २३ करोड रुपैयाँ लाग्ने मन्त्रालयले जनाएको छ । यसको विस्तृत परियोजना पछि सार्वजनिक गरिने सचिव निर्मलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्