भ्रमण बर्ष नजिकिँदै जाँदा मन्त्रीको ब्यस्तता बढ्यो, विराटनगरमा भब्य उद्घाटनको तयारी

<span class='c1'>भ्रमण बर्ष नजिकिँदै जाँदा मन्त्रीको ब्यस्तता</span> <span class='c2'>बढ्यो, विराटनगरमा भब्य उद्घाटनको तयारी</span>

विराटनगर । प्रदेश १ सरकारले भ्रमण बर्ष २०२० लाई लक्षित गरी छलफललाई तिब्र बनाएको छ । प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भ्रमण बर्ष नजिकिँदै जाँदा बिभिन्न संघ संस्था तथा सम्बन्धित क्षेत्रका पदाधिकारी तथा ब्यक्तिहरुसँग छलफललाई ब्यापक बनाएको हो ।
प्रदेश सरकारले जनवरी १ तारिखमा पर्यटन बर्षको भब्य शुभारम्भ गर्न लागेसँगै त्यसलाई ब्यापकता दिन छलफललाई तिब्र बनाएको हो । त्यसको लागि उप समितिहरुले समेत गतिबिधि बढाएका छन् । बुधवार भएको छलफलमा खेलकुद समिति अन्तरगतका सबै खेलकुद संघ कराँते संघ, ब्याडमिन्टन संघ, भलिवल संघ, फुटवल संघ लगायतका दर्जन बढी संघलाई आ–आफ्नो पोसाकमा आउन भनिएको छ ।
जनवरी १ तारिखका दिन हुने कार्यक्रमको लागि प्याराफिट ब्यवस्थापनको अनुगमन गर्ने, प्याराफिटको बसाई, ब्यवस्थापन, अनुशासनका लागि सबै प्याराफिटमा एउटा एउटा संघले अनुगमन गर्ने समेत खेलकुद समितिहरुसँगको छलफलमा निर्णय भएको छ । त्यस्तै मार्चपास गर्नका लागि पनि खेलकुद समितिहरु आफ्नो पहिचानका साथ सहभागी हुनेछन् । त्यस्तै प्रदेश सरकारले ३० तारिख बिहान साईकल र्याली निकाल्ने र साँझ मोटरसाईकल र्याली समेत निकालेर १ तारिखमा हुने कार्यक्रमलाई भब्य बनाउनको लागि प्रचार गर्ने समेत निर्णय भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैतले जानकारी दिनुभयो ।
मन्त्री कुसियैतको अग्रसरतामा कार्यक्रमलाई भब्य बनाउनको लागि हरेक दिन समितीहरुलाई निर्देशन दिने रिपोर्टिङ लिने काम समेत हुँदै आएको छ । मन्त्रीको उपस्थितीमा पुस १ गतेदेखि नै हरेक दिन सबै क्षेत्रका ब्यक्तिहरुसँग छलफल हुँदै आएको हो ।
बुधवार नै मन्त्रालयमा बिराटनगरका साना होटल ब्यवसायी तथा ट्राभल्स एजेन्सीका ब्यवसायीहरुसँग छलफल भएको छ । उनीहरुसँग पनि सबैको चासो रहेको भ्रमण बर्ष २०२०लाई सफल बनाउनको लागि आग्रह गरिएको छ । ब्यवसायीलाई आफ्नो ब्यानरमा बिराटनगरको सहिद मैदानमा आयोजना हुने उद्घाटन कार्यक्रमलाई सफलल बनाउन आग्रह गरिएको मन्त्री कुसियैतले जानकारी दिनुभयो ।

मन्त्रीको ब्यस्तता
भ्रमण बर्ष नजिकिँदै जाँदा मन्त्री कुसियैतको ब्यस्तता भने बढेको छ । उनी हरेक घण्टाको सेडियुल बनाएर बिभिन्न ब्यक्ति, समिति, संघ संस्था तथा प्रतिनिधिहरुसँग नियमित छलफलमा बस्नु भएको छ । पुस १ गतेदेखि बढेको उहाँको ब्यस्तता कार्यक्रम नसकिँदासम्म पुस १७ गतेसम्म जारी रहने मन्त्री कुसियैतको सचिवालयले जनाएको छ ।

 

 

पुस १ गते उद्योग संगठन, मोरङ ब्यापार संघ, विराटद ब्यापार संघ, उद्योग वाणिज्य महासंघ तथा होटल र ट्राभल्स ब्यवसायी सँग छुट्टाछुट्टै बस्नुभएको थियो । त्यस्तै पुस २ गते दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म नै ब्यस्त देखिन्थे । दिउँसो१ बजे खेलकुद विकास समिति पदाधिकारीसँग छलफल गर्नुभयो । त्यस लगत्तै बिभिन्न खेलकुद संघ सम्बद्ध पदाधिकारीसँग छलफल भएको थियो ।
मन्त्री कुसियैतले पुस ३ गतेलाई प्याब्सन, एनप्याब्सन, हिसान तथा बिभिन्न बिद्यालयका संघ संगठनहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । त्यसपछि यातायात ब्यवसायी, हवाई ब्यवसायी, स्वास्थ्य संघ संस्थाका ब्यवसायी, साहित्यीक संघ संगठन, ईन्जिनियरिङ एशोसियसनसँग छलफल गर्न पुर्ब तयारी रहेको छ ।
त्यस्तै ४ गते राजनीतिक दलसँग बैठक गर्दैछन्, त्यही दिन पर्यटन संसदीय दलसँगको छलफलपछि बिद्यार्थी संगठन र मजदुर संगठनहरुसँगको छलफलको कार्यक्रम तय गरेको सचिवालयले जनाएको छ । अहिले भएका प्रगती र हुन बाँकी कामको तयारीको बारेमा मन्त्री कुसियैतले ५ गते बिभिन्न उपसमितिका संयोजक लगायत प्रदेश स्तरीय समितिकाको बैठक बोलाउने तयारी गरेको मन्त्रालयले जनाएको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रदेश १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका मन्त्री कुसियैत अध्यक्ष भएकोले पर्यटन बर्षलाई भब्य बाउन तथा उद्घाटनको दिन बिराटनगरको सहिद रंगशालामा १० हजार सर्बसाधारण उतार्ने तयारी गर्नु भएको छ।
मन्त्री कुसियैतले भ्रमण बर्षको उद्घाटनको दिन भारतको बिहार, बंगाल र सिक्कीमका मुख्यमन्त्रीलाई समेत पत्राचार गरिसकिएकोले भारतीय मुख्यमन्त्रीहरुको  सहभागीता हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्