सिँगिया खोलो सरसफाईको दोश्रो अभियान भोली, बिहान ७ः३० बजे जम्मा हुन महानगरको आब्हान

<span class='c1'>सिँगिया खोलो सरसफाईको दोश्रो अभियान भोली, बिहान</span> <span class='c2'>७ः३० बजे जम्मा हुन महानगरको आब्हान</span>

विराटनगर । विराटनगरसँग जोडिएका गाउँपालिका भएर बग्ने सिँगिया खोलो सरसफाईको दोश्रो चरणको सरसफाई भोली हुँदैछ । शनिवार बिहान ७ः३० बजेदेखि बिराटनगको बुद्धचोक पुर्ब सरसफाई अभियान संचालन हुँदैछ । सामाजिक विकास मन्त्रालयको समन्वयमा बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिका र ग्रामथान गाउँपालिकाले संयुक्त रुपमा सिँगिया खोलो सरसफाई अभियान शुरु भएको हो ।
पहिलो चरणको सरसफाई अभियान गत मंसिर २२ गते एक कार्यक्रमको आयोजना गरि बाजागाजा सहित शुरु भएको थियो । अभियानमा सबै ५ वटा पालिका प्रमुख, उपप्रमुख सहित सामाजिक विकास मन्त्री जीवन घिमिरे लगायत मन्त्रलयका सचिव बिरबहादुर राई समेतको सहभागीमा शुरु भएको थियो । यसमा बिभिन्न सामाजिक संघ संस्था, टोल विकास संस्थाहरुको समेत सहभागीता रहेको थियो ।
दोश्रो चरणमा पुस ५ गते शनिवार बुद्धचोक उत्तर नोबेल डेरी चोकका भेला भएर सिँगिया खोला सरसफाई अभियानमा जाने कार्यक्रम रहेको विजयपुर (ख) टोल विकास समितिका अध्यक्ष चन्द्र उपाध्यायले जानकारी दिए । यो अभियान सबै नगरपासीको भएकोले खोलो सफाई अभियानमा सहभागी हुन अध्यक्षको नाताले सबैलाई खबर गरिएको उनको भनाई छ ।
विराटनगर महानगरपालिकाले पनि यो अभियानमा सबैलाई सहभागी हुनको लागि आब्हान गर्दै आएको छ । खोलानाला सरसफाई गर्नु पर्छ र यसको संरक्षण गर्नु पर्छ भन्ने उदेश्यका साथ यो अभियान शुरु गरिएको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले जानकारी दिए । हामीले सबै नगरवासीलाई सरसफाईकोे लागि आब्हान गरेका छौ, उनले भने, यो अभियानमा सबैको साथ र सहयोग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्