बालबालिकालाई न्यानो कपडा वितरण गर्न विराटनगर महानगरको अपिल

<span class='c1'>बालबालिकालाई न्यानो कपडा वितरण</span> <span class='c2'>गर्न विराटनगर महानगरको अपिल</span>

विराटनगर । विराटनगरमा केहीदिन यता लगातार बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि महानगरपालिकाले विपन्न समुदायका बालबालिकालाई न्यानो कपडा सहयोग गर्न अपिल गरेको छ ।
प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीद्वारा आईतबार जारी गरिएको अपिलमा जाडोका कारण बालबालिका प्रभाबित भएको हुँदा सहयोग आग्रह गरिएको हो ।
सार्वजनिक गरिएको सार्बजनिक अपिलमा चिसोका कारण प्रभावित बनेका विपन्न समुदायका बालवालिकाहरुका लागि न्यानो कपडा वितरण गर्न भनिएको छ । निरन्तर बढेको चिसोका कारण विद्यालय जाने विद्यार्थीको संख्या घटेको छ । विद्यार्थी स्कुलसम्म नआएपछि महानगरपालिकाले न्यानो कपडा वितरणका लागि अपिल गरेको हो ।
‘विपन्न बालबालिकाका लागि न्यानो कपडा वितरण गर्ने कार्यमा महानगरपालिकासँग सहकार्य गरी बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चित गर्न तथा अत्याधिक चिसोबाट प्रभावित बालबालिकाको रक्षाका लागि विपन्न वर्गका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यमा सहयोग पु¥याउन सबै संघसंस्था समुदाय तथा दाताहरूमा हार्दिक अपिल गर्दछौं ।’ सिार्बजनिक मा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्