विराटनगरमा नो पार्किङ स्थलमा राखिएका सवारी साधान ट्राफिक प्रहरीको कब्जामा

<span class='c1'>विराटनगरमा नो पार्किङ स्थलमा राखिएका</span> <span class='c2'>सवारी साधान ट्राफिक प्रहरीको कब्जामा</span>

विराटनगर । विराटनगरका सडकमा जथाभावी पार्किङ गरिएका सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिँदै जरिवाना तिराउन थालेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट महानगर भित्रको पार्किङ व्यवस्थापन गर्ने अभियामा नो–पार्किङ तथा रोक्न निषेधित स्थानमा पार्किङ गरिएका सवारी साधनहरुलाई नियन्त्रणमा लिन महानगरपालिकाको नगर रक्षक सहित गाडीमा बिषेश ट्राफिक प्रहरी टोली खटाईएको छ । टोलीले नो पार्किङमा राख्ने मोटरसाईकल, स्कुटरहरुलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिराटनगरले जनाएकोछ ।
जथाभावी पार्किङ गरिएका अन्य ठूला सावरी साधनलाई व्वील लक गर्दै कारबाही सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक राकेश कुमार पोद्दारले जानकारी दिए । जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमा राखिएका जथाभावी राखिएका सवारी साधनलाई कारवाही शुरु गरेसँगै पार्किङ निषेधका बोर्डहरु पनि राख्न थालेको छ । हाल महेन्द्र चोकको बस बिसौनीलाई हटाई सकेकोले महेन्द्र चोकमा हुने जाममा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्