सबारी दुर्घटनामा ३ जनाको मृत्यु

<span class='c1'>सबारी दुर्घटनामा ३</span> <span class='c2'>जनाको मृत्यु</span>

पुुर्वका छुट्टाछुट्ै स्थानमा भएको सबारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि १४ जना घाइते भएका छन् ।
सप्तरीको बकधुवा ८ स्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान बस पल्टिदा १ को मृत्यु भएको छ। दुर्घटनामा १० यात्रु घाईते भएका छन्।
पश्चिमबाट पुर्वतर्फ आउदै गरेको ना ४ ख ६९७६ नम्बरको बस अनियन्त्रीत भई पुल बाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी सुनसरी दुहवी ५ का ४५ बर्षिय आसिन मियाको घटनास्थलमै मृत्यु भएको छ । घाइते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको र न्युरो अस्पताल विराटनगरमा उपचार भई रहेको छ । अन्य ३ जनाको स्थानिय धर्मेश्वर अस्पताल ठेलियामा उपचार भईरहेको छ । दुर्घटना पछिर चालक फरार रहेको र खोजतलास भईरहेको ईलाका प्रहरी कार्यालय महुलीले जनाको छ।
सुनसरीको रामधुनीभासी नगरपालिका ४ पूर्वपश्चिम राजमार्गमा बा ६ च ९५२ नम्बरको कारले को १ ख १३८९ नम्बरको ट्रकलाई ओभरट्याक गर्ने क्रममा साईकललाई ठक्कर दिई सडक छेउमा रहेको रुखमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा कारमा सवार काठमाण्डौ का ४३ बर्षिय बिक्रम बिष्ट, ६० बर्षिय श्याम महर्जन र साईकलमा सवार सुनसरी मधेषा १ का १२ बर्षिय सुलिन मोची, १३ बर्षिय सबुरल मोची घाईते भएका थिए । घाइते मध्ये श्याम महर्जनको बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा र सुलिन मोचीको जिल्ला अस्पताल सुनसरीमा उपचारको क्रममा मृत्यु भएको छ । अन्य दुईको उपचार भईरहेको छ । ट्रक, कार र कारका चालकलाई ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै मोरङ्गको कोशीहरैचा नगरपालिका ३ पूर्वपश्चिम राजमार्गमा ना। ५ ख १४२२ नम्बरको बसको ठक्करबाट बा। ५२ प ३२१९ नम्बरको मोटरसाइकलमा सवार स्थानिय ६४ बर्षिय धनक थापा घाईते भएका छन्। उनको बि।पि।कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ। ठक्कर दिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ। यस्तै सुनसरीको ईटहरीमा बिहान मिनिबसको ठक्करबाट मोटरसाइकल चालक घाईते भएका छन्।
कोशी राजमार्ग अन्तर्गत ईटहरीको आपगाछी चौकमा धरान जादै गरेको बा २ ख १९३० नम्बरको मिनिबसले को १५ प ६७७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलका चालक स्थानिय ३५ बर्षिय राजन कोईराला गम्भीर घाईते भएको र न्यूरो अस्पताल बिराटनगरमा उपचार भई रहेको छ । बस र चालकलाई ईलाका प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्