जम्मू-कश्मीरमा आतंकवादीको आक्रमणमा नेपाली युवाको मृत्यु

<span class='c1'>जम्मू-कश्मीरमा आतंकवादीको आक्रमणमा</span> <span class='c2'>नेपाली युवाको मृत्यु</span>

भारत। भारतको जम्मू–कश्मीरमा आतंकवादी सँगको झडपमा गोरखा घर भएका एक नेपाली युवाको मृत्यु भएको छ। बुधबार जम्मू-कश्मीरको रजौरी जिल्लाको सीमा क्षेत्र नौशेरामा भएको झडपमा भारतीय सेनामा कार्यरत नेपाली युवा अर्जुन थापा मगरको मृत्यु भएको हो।

मगरसँगै भारतीय नागरिक सावन्त सन्दीप रघुनाथको मृत्यु भएको छ। भारतीय सेनाका जनसम्पर्क अधिकृत देवेन्दर आनन्दले यसको पुष्टी गरेका छन्। ज्यान गुमाउने २५ वर्षीय अर्जुनको घर गोरखाको रिप गाउँमा छ। अर्जुन राइफलम्यान पदमा र २९ वर्षीय भारतीय सावन्त नायक पदमा कार्यरत रहेका बताइएको छ।

ठूलो संख्यामा रहेका आतंकवादीको आक्रमणमा दुवैले सँगै ज्यान गुमाएका हुन्। सन् २०१८ यता जम्मू कश्मीरमा आतंकवादीसँगको झडपमा ८३ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्