एजेन्सी । अष्ट्रेलियामा पानी परेसँगै तापक्रममा गिरावट आएको छ । अधिकारीहरुले बताएका छन् कि आगो भने बन्द हुनेछैन् अझ उग्र हुनेछ ।
साउथ वेल्सको केही भागदेखि सिड्नीसम्म नै पानी परेपछि केही राहत भएको छ । पानी परेसँगै बिहीबार तापक्रम अत्यधिक बढ्ने अधिकारहिरुले चेतावनी दिएका छन् ।
उनीहरुले भिक्टोरिया र न्यू साउथ वेल्समा डढेलोले उग्र रुप लिने जानकारीसमेत दिएका छन् । ‘अहिले परेको पानीका कारण सन्तुष्ट हुन मिल्ने ठाउँ छैन,’ न्यू साउथ वेल्सका स्टेट प्रिमियर ग्लेडिस बेरेजिक्लियनले सोमबार बिहान चेतावनी दिइन् ।
डढेलोका कारण आफ्नो घर छोड्न बाध्य जनतालाई सरकारी अधिकारीले लगातार खाना आपूर्ति गरिरहेका छन् । यस हप्ता डढेलोका कारण थप सयौं सम्पत्ति विनास भएका छन् ।
यद्यपि, सोमबारदेखि मौसम परिवर्तन भएसँगै डढेलो प्रभावित क्षेत्रबाट कुनै आपतकालीन चेतावनी आएका छैनन् ।
तर, भिक्टोरिया इमर्जेन्सी म्यानेजमेन्ट कमिश्नर एन्ड्रू क्रिस्पले चेतावनी दिँदै भने, ‘तापक्रम बढ्नेछ र डढेलो पुनः सक्रिय हुनेछन् ।’