बाटो बिस्तार विराटनगर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर सुरु

<span class='c1'>बाटो बिस्तार विराटनगर उपमहानगरपालिकाले आफ्नै</span> <span class='c2'>कार्यालय भवन भत्काएर सुरु</span>

 

सडक मापदण्डमा परेपछि विराटनगर उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर सुरु गरेकोे छ । सडक फराकिलो बनाउने अभियानअन्तर्गत उपमहानगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर कामको सुरुवात गरेको हो । विराटनगरको शनिहाट चोकमा रहेको उपमहानगरपालिकाको कार्यालय भवनको उत्तरतर्फको सडकमा परेको दिवाल र कार्यालय भवनको केही कोठाहरु देखि भत्काउन थालिएको छ । व्यक्तिगत सम्पतिको नोक्सानी गर्ने तर आफ्नै कार्यालय भवन मापदण्ड विपरित रहदा पनि नभत्काउने भन्दै केही नगरबासीले नगरपालिकाको तिखो आलोचना गरेका थिए । उपमहानगरपालिका कार्यालय भवन उत्तरतर्फको शनिहाट मार्गको सडकको मापदण्ड ११ मीटर छ । मापदण्डअनुसार हाल कायम रहेको भवनबाट नगरपालिकाले सडकबाट करिव १ दशमलव ७५ मिटर दक्षिणतर्फको संरचना भत्काउनु पर्ने छ । विराटनगर उपमहानगरपालिकाका ईन्जिनियर भरत न्यौपानेले आफ्नै कार्यालय भवन भत्काएर नगरक्षेत्रको सडक फराकिलो वनाउने अभियानको श्रीगणेश गरेको बताउनुभयो । सडकको मापदण्ड लागू भएपछि नगरपालिकाले ३५ दिने सूचना जारी गरेको थियो । सूचना जारी गरेपछि पानी टेंकी चोकदेखि दक्षिण मेनरोडमा स्थानीयवासीले स्वतस्र्फूतरुपमा संरचनाहरु भत्काउन थालेका छन् । केही व्यक्तिहरुले संरचना भत्काउनका लागि कार्यालयमै उपस्थिति भएर समय माग गरेको उपमहानगरपालिकाले जनाएको छ । मापदण्डमा परेको संरचना भत्काएपछि ६२ किलो मिटर सडक फराकिलो बन्ने छ । फराकिलो सडकमा ढल, नाला र सडक अलकत्रे गरिने नगरपालिकाले जानकारी दिएको छ । पहिलो चरणमा पानीटेंकी चोकदेखी नगरपालिका चोकसम्म त्यस्तै ट्राफिक चोकदेखि रोडशेष चौकसम्म र ट्राफिक चौकको रेम्वो गल्लीदेखी पूर्वतर्फ बनेका सडक संरचना भत्काईदैछ । संयुक्त टोल नगरसमन्वय समितिका अ्रध्यक्ष राजेश मास्केले सहमति गरेर विकास नहुने भन्दै नगरपालिकाले आफ्नै कार्यालय भवन भत्काएर विकास कार्य अगाढी बढाएको बताउनु भयो । नगरापलिकाले सडक विस्तार हुने बाटोमा ३ मीटरदेखी १५ मिटरसम्मको मापदण्ड लागू गरेको छ । यो अभियानमा नगरबासीको सहयोग र साथ हुदै गए नगरले मुहार फेर्ने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्