आज देखी सुरु भयो भ्यालेनटाईन् डे अर्थार्त प्रेम दिवस

<span class='c1'>आज देखी सुरु भयो भ्यालेनटाईन्</span> <span class='c2'>डे अर्थार्त प्रेम दिवस</span>

 

प्रेम देवान

हिजो आज हरेक युवा युवतीको मोबाईलको म्यासेज बक्समा हेर्नुहोस त्यहां भ्यालेन्टाईन् डे आउनु भन्दा सात दिन अगाडीका क्रमसै सात वटा सन्देसले भरिएका हुन्छन् ।

मोबाईलमा मात्र नभएर पछिल्लो समयमा सामाजिक ंसंञ्जा भाइवर, फेसबुक, स्काइप, म्यासेन्जर जस्ता सामाजिक सञ्जालबाट एक अर्कोमा सन्देश आदान प्रदान गर्नेको लर्को पाईन्छ । यो सन्देश खास गरि आजको दिन फ्रेबअरी ७ देखी फ्रेअरी १४ सम्म लगातार प्रेम दिवस मनाउने चलन छ । कहां र कसरी कस्ले सुरुवात गर्योे भन्ने अझै सम्म पनि निक्र्योल भएको छैन् ।

यसलाई युवा पुस्ताले कुन रुपमा लिएका छन् त मनोरञ्जन या अन्य कुनै पक्कै पनि यसले के जनाउंछ भने जसरी दशैं तिहार आउनुभन्दा अगाडी सरकारी कार्यलय , स्कुल कलेज, विदा हुने अनि नयां नयां पहिरान किनमेल गर्ने यो एउटा दशैं आउनु पुर्व तयारी हुन् । त्यस्तै भ्यालेन्टाईन डे अर्थात फ्रेबअरी १४ लाई पनि यस्तै सात वटा सन्देशहरुले आगमन गरिरहेको हुन्छ । यो सन्देशका दिन समाप्त संगैं विशेष गरी भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस मनाउने गरेको पाईन्छ युवा पुस्ताले ।

आखिर के के छन् त ती सात वटा सन्देशमा :

फ्रेवअरी ७ : रोज डे :
आज रोज डे यो दिनलाई रोज डेका रुपमा मनाईन्छ । हिटलरले आफ्नी प्रेमिकालाई यही दिन रातो गुलाब दिएर उपहार दिएको हुनाले आजको दिनलाई रोज डे मनाईन्छ ।

फ्रेबअरी ८ प्रपोज डे :

यो दिन आफुले मन पराएको व्याक्तिलाई प्रेम प्रस्ताव राख्यो भने आफ्नो प्रेम प्रस्ताव स्वीकृत हुन्छ भन्ने विश्वास गरिन्छ ।

फ्रेवअरी ९ चकलेट डे : यस दिन आफले मन पराएको व्याक्तिलाई चकलेट तथा मिठो मिठो परिकार दिने चलन छ ।

फ्रेबअरी १० टेड्डी डे ः कसै कसैको माया कोमल भएकाले यो दिन कोमलताको प्रतिकका रुपमा टेडे्डी उपहार दिने चलन छ ।

फ्रेबअरी ११ प्रोमिस डे ः आफुले मन पराएको प्रेमी या प्रेमीसंग गरिएको वांचा नतोड्न यस दिन प्रोमिस डे का दिन विश्वास दिलाउन प्रोमिस वाचा गरिन्छ ।

फ्रुेबअरी १२ हग डे ः आफुले मन पराएको व्याक्ति संग न्यानो माया साट्न प्रेमि प्रेमिका विच अंगालोमा बांधिएर हग डे मनाउने चलन छ ।

फ्रेबअरी १३ किस डे ः किस डे अर्थात चुम्बन गर्ने दिन । आफ्नी प्रेमीका या प्रेमीसंग माया गर्ने एउटा माध्यम हो । यस दिन आफ्नो मायालुलाई चुम्बन गरेर प्रेमलाई सुमधुर सम्बन्ध बनाईन्छ ।

अन्त्यमा फ्रेबअरी १४ अर्थात प्रेम दिवस ः यस दिन प्रेम दिवसको महान् पर्व यस दिन सातवटै दिनलाई समेटेर विशेष तरिकाले भ्यालेन्टाईडे मनाउने चलन छ , खास गरि अरु दिन प्रेम प्रस्ताव राख्न नसकेको कुरा यस दिन राख्ने चलन छ । विभिन्न स्थानमा घुम्न जाने, मुल्यावान् उपहारहरु दिने युवा पुस्तामा प्रचलन छ । शुभकामना छ प्रेम गर्ने नव जोडीहरुलाई यो लेखको तर्फबाट सफल होस तपाईको प्रेम ।

तर

प्रेम गर्ने बहानामा कतिपय यस्तो सम्म विकृती आएको छ, की त्यसको कुनै सिमा नै छैन माया गर्ने बहानामा विभिन्न अप्रिय घटनाहरु पनि निम्ती रहेकाछन् । त्यसैले आफ्नो सिमा भन्दा बाहिर गएर प्रेमका नाटक कदापी नगर्नुहोस ता की यसले तपाईको पहिलो प्रेममा नै प्रेम दाग नलागोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्