पत्रकार राई पुरस्कृत

<span class='c1'>पत्रकार राई</span> <span class='c2'>पुरस्कृत</span>

 

प्रेम देवान

विराटनगर, २४ माघ ÷ विराटनगरका पत्रकार भक्त राई सम्मानित हुनुभएको छ । प्रेस चौतारीको १७ औं स्थपना दिवसको अवसर पारेर कृष्ण प्रसाद सिग्देल स्मृती पत्रकारीता पुरस्कारबाट आज विराटनगरमा पत्रकार राई सम्मानित हुनुभएको हो ।

सम्मानित राईलाई नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विद्या भण्डारीले नगद ५ हजार एक सय र कदरपत्रले सम्मान गर्नुभयो ।

सम्मान कार्यक्रममा बोल्दै भण्डारीले एमाओवादी गणीतिय खेलमा लागेर संविधान जारी गर्नबाट भागेको आरोप लगाउनुभयो । उहाँले एमाओवादीकै कारण तोकिएको समयमा संविधान जारी गर्न नसकीएको बताउनुभयो । एमाओवादीसहितको ३० दलिय मोर्चाले सम्पूर्ण आन्दोलनको कार्यक्रम रोकी बार्तामा नआए विधि र प्रक्रियाबाट संविधान निमार्ण गर्ने उहाँको भनाई छ ।

अनेमा संघको अध्यक्षसमेत रहनुभएको भण्डारीले यही संविधानसभाबाट चाडै जनताले चाहेको संविधान बन्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस चौतारीका केन्द्रीय सदस्य तथा कोशी अञ्चल इन्चार्ज केशब भट्टराई, सदस्य विक्रम लुईटेल, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष महेन्द्र विष्टलगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्