नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ को क्षेत्रिय परिषद् भेला सम्पन्न

<span class='c1'>नेकपा एमाले मोरङ क्षेत्र नम्बर १</span> <span class='c2'>को क्षेत्रिय परिषद् भेला सम्पन्न</span>

मोरङ , २८ चैत ।

नेकपा एमाले मोरङ क्षेत्र नम्बर १ को क्षेत्रिय परिषद् भेला आज सिजुवामा सम्पन्न भएको छ ।

सिजुवाको विश्वनाथ सामुदायिक सभाहलमा भएको भेलाले राजनैतिक तथा सांगठानिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । क्षेत्रिय सचिव गोपी चापाँगाईद्धारा भेलामा प्रस्तुत प्रतिबेदन सुझाब सहित सर्वसम्मत पारित गरेको हो । भेलामा क्षेत्रमा एमालेको अवस्था , संगठन सुदृढिकरण , सदस्यता बिस्तार लगायतका विषयमा छलफल भएको थियो । भेलाले युवाहरुलाई एकिकृत गरि युवाहरुको क्षमतालाई अभिबृद्धि गर्न मोरङ क्षेत्र नम्बर १ मा आगामी ४ वर्ष भित्रमा एउटा व्यवस्थित खेल मैदान निर्माणका लागि सभाषद्मार्फत सरकारसँग पहल गर्ने निर्णय समेत गरेको छ । भेलामा नेकपा एमालेका महासचिव इश्वर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा मोरङ क्षेत्र नम्बर १ का एमाले सभाषद् ऋषिकेश पोखरेल , जिल्ला अध्यक्ष महेश रेग्मी , पूर्व केन्द्रिय सदस्य राजेन्द्र गौतम लगायतले बोल्नु भएको थियो । भेला क्षेत्रिय अध्यक्ष दुर्गा बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्