विराटनगर । विगत तीन दिनदेखि अबरुद्ध प्रदेश सभाको बैठक आज देखि सुचारु भएको छ । प्रदेश सभामा नेपाली कांग्रेस संसदीय दलले भ्रष्टाचारमा संलग्न सबैलाई कार्वाहीको माग गर्दै आईतवार, सोमबार र मंगलवार पनि केही बेर सदन अबरुद्ध गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकार र सरकार बाहिरको ब्यक्ति भनेर छुट्याउने काम गरेको अरोप लगाउँदै ललिता निवास प्रकरणमा मन्त्रीलाई मात्र नभई प्रधामन्त्रीलाई समेत कार्वाही गर्नु पर्ने माग राख्दै आएको छ ।
[caption id="attachment_105361" align="alignnone" width="1024"] मंगलवारको प्रदेश सभाको बैठकमा बिशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद शेखरचन्द्र थापाले संबैधानिक आयोगले सत्तापक्ष र प्रतिपक्ष छुट्याउने काम गरेको आरोप लगाउनु भयो । एउटा निश्पक्ष संबैधानिक आयोगले ललिता निवास प्रकरणमा निर्णय गर्नेलाई मात्र हैन जग्गा खरिद गर्नेलाई पनि मुद्दा चलाउँदा विभदपुर्ण रुपमा गरेको आरोप लगाउनुभयो । संसदीय अभ्यास र गतिबिधिलाई बन्धक बनाउने नेपाली कांग्रेसको उदेश्य नरहेको स्पष्ट पार्दै सांसद थापाले कुनैपनि संबैधानिक निकायले सत्तापक्ष र प्रतिपक्ष भनेर विभेद गर्छ भने त्यसको लागि प्रदेश सभामा चुप लागेर बस्नु पर्छ भन्ने नभएको स्पष्ट पार्नुभयो । [/caption]
उहाँले बिरोधको स्वरुप परिवर्तन गर्दै आजैको दिनदेखि प्रदेश सभाको काम कार्वाहीलाई अघि बढाउनको लागि सदनको अबरोध हटाएको जानकारी दिनुभयो ।
वातावरण संरक्षण बिधेयक प्रस्तुत
नेपाली कांग्रसले अबरोध हटाएसँगै मंगलवारदेखि प्रदेश सभाको काम कार्वाही नियमित शुरु भएको छ । संसदको कामकार्वाही शुरु भएसँगे प्रदेश सभामा प्रदेशको वातावरण संरक्षण गर्न बनेको बिधेयक पेश भएको छ ।
प्रदेश सभामा पेश भएको बिधेयकमा वातावरण संरक्षण, संवद्र्धन गर्ने तथा स्थानीय तहहरु बिचमा वातावरणीय सुधार गर्नेसम्मको नीतिगत ब्यवस्था गरेको छ ।
८ परिच्छेदको ५६ दफा रहेको वातावरण संरक्षण बिधेयकले वातावरणको संरक्षण कार्य गर्नको लागि वातावरण स्वच्छता तथा जलवायु संरक्षण परिषदको ब्यवस्था गरेको प्रदेश १ सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश कुसियैतले जानकारी दिनुभयो । साथै बिधेयकमा वातावरण संरक्षण कोषको समेत ब्यवस्था गरिएको उहाँको भनाई छ ।