विराटनगर । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ट्रकको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । आज बिहान पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना ५ ख ८६८० नम्बरको ट्रकले बिपरीत दिशाबाट आउँदै गरेको को ४० प ११७ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुर चालक बेलवारी नगरपालिका१ का ५५ बर्षीय नरबहादुर खड्का र सोही स्कुटरमा पछाडी सवार रहेका ५९ बर्षीय दिल बहादुर खड्का घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारकोलागि बिराटनगरको न्युरो अस्पताल ल्याईएकोमाउपचारको क्रममा दिल बहादुर खड्काको दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । ट्रक र ट्रक चालकलाई प्रहरी चौकी डाँगीहाटले नियन्त्रणमा लिएको छ ।