प्रदेश सभा बैठकमा सांसदको माग ‘गाँजा खेतीको कानुनी प्रतिबन्धलाई तत्काल हटाईयोस्’

<span class='c1'>प्रदेश सभा बैठकमा सांसदको माग ‘गाँजा</span> <span class='c2'>खेतीको कानुनी प्रतिबन्धलाई तत्काल हटाईयोस्’</span>

विराटनगर । प्रदेश १ सभाको शुन्य समयमा सांंसदहरुले प्रदेशका बिभिन्न ठाउँमा भएका विस्फोट र आगजनी देखि प्राकृतिक रुपमा भएका विध्वंशको बारेमा समेत प्रश्न उठाएका छन् । मंगलवार प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै सांसद कुलप्रसाद साम्बाले प्रदेशका धेरै ठाउँमा भएका आगजनी र बम बिस्फोटको बारेमा सरकार जानकार नभएको आरोप लगाउनुभयो ।
मोरङको मिक्लाजुङमा ३ वटा, दमकमा २ वटा निर्माणमा प्रयोग भएको डोजर र एक्साभेटरमा आगजनी भएको, केरावारी गाउँपलिकाको कार्यालयमा बम बिस्फोट भएको, लेटाङको सिंहदेबीमा एनसेल टावरमा बम विस्फोट गराएर ध्वस्त बनाएको अबस्थामा बिद्रोही र सरकार दुबै पक्ष अज्ञात अबस्थामा रहेको आरोप लगाउनुभयो ।
‘मोरङका उत्तरी क्षेत्रमा अहिले पनि बिभिन्न आतंकित पार्ने कामहरु भईरहेको अबस्था छ, उहाँले भन्नुभयो, पहिलादेखि नै माग गरिएको रमिते र सिंहदेबीमा सशस्त्रको बेशक्याम्प अहिलेसम्म पनि निर्माणमा वेवास्ता गरिएको छ ।’ पछिल्लो समय निर्माण क्षेत्रमा भएको आक्रमणले विकास निर्माणको काम गर्ने निर्माण ब्यवसायीहरु नै काम गर्न नसक्ने अबस्थामा पुगेको सरकारको ध्यानाकर्षण गराउनुभयो ।

गाँजा खेतीको माग
प्रदेश सभाको शुन्य समयमा बोल्दै उदयपुरका सांसद विमल कार्कीेले गाँजाखेती गर्न सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्नुभयो । ‘गाँजा खेती गर्न कानुनले प्रतिबन्ध लगाएको भएपनि दुरदराजमा अहिले पनि गाँजा खेती हूँदै आएको छ, कार्कीले भन्नुभयो, प्रहरीले गाँजा फडानी गरेको गरेकै गर्छ, किसानहरुले गाँजाखेती रोकेका छ्रैनन् अबैध रुपमा बिक्री भईरहेको छ ।’
सरकारले गाँजा खेती गरी आम्दानी गर्ने वातावरण बनाउन माग गर्दै निगरानीमा बैधानिक गाँजा खेती गर्ने ब्यवस्था मिलाउन आग्रह गर्नुभयो । ‘गाँजा खेती गरी किसानको आय आर्जनको वातावरण बनाउने तर्फ ध्यानाकर्षण गराउँदछु, सांसद कार्कीले भन्नुभयो, ‘गाँजा खेतीको कानुनी प्रतिबन्धलाई तत्काल हटाईयोस ।’
धनकुटाकी सांसद लिला सुब्बाले शहिदलाई सरकारले विभेद गरेको आरोप लगाउनुभयो । धनकुटाको छिन्ताङका सहिदलाई राहत दिने घोषणा गरेको सरकारले अन्य शहिदलाई वेवास्ता गरेकोले धनकुटामा बिभिन्न समयमा ज्यान गुमाएका शहिदलाई राहत दिने ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेश सरकारको मन्त्री परिषदको बैठकले छिन्ताङका शहिद परिवारलाई ५ लाखका दरले राहत दिने निर्णय गरेको थियो ।
उदयपुरकी सांसद सञ्जा कुमारी दनुवारले प्रदेश सभा सचिवालयले बिभिन्न एनजीओ र आईएनजिओलाई गलत तथ्यांक दिएको भन्दै असन्तुष्टी जनाउनुभयो ।
खोला ध्वस्त भयो
क्षेत्रगत रुपमा बिभिन्न बिषयहरु शुन्य समयमा उठाउँदै आएका सांसदहरुले विकास निर्माणसँगै प्राकृतिक श्रोत साधनको बिषयमा पनि गम्भीर रुपमा उठान गर्न थालेका छन् । भौतिक पुर्वाधार विकास समितिका सभापति सुनसरीका सांसद सर्बध्वज साँवाले मोरङको केरावारी गाउँपालिकामा रहेको खदम खोला र लेटाङ नगरपालिकाको चिसाङ खोलाको दोहनको बिषयले आफुलाई गम्भीर बनाएको बताउनुभयो । राजमार्ग, बन क्षेत्र, हाईटेन्सन, विद्यालय, बालविकास केन्द्र, पुरात्वीक स्थल, निकुञ्ज तथा आरक्षण क्षेत्रको आसपासमा १देखि २ किलोमिटरसम्म क्रसर संचालन गर्न नहुने कानुनी ब्यवस्था रहेको भएपनि त्यसलाई कुनै ध्यान नदिई संचालन गरेको उहाँको भनाई छ ।
चिसाङ र खदम खोलामा मात्र ८ वटा क्रसर संचालनमा रहेको जानकारी दिँदै यी क्रसरले वातावरणीय रुपमा असर गर्दै पोखराको सेती खोलाजस्तो गहिरो बनाएको सुनाउनुभयो ।
बालुवा र गिट्टी मुनी माटो भन्दापनि तल ढुङगा निस्कनेगरी खन्ने काम भएको उहाँको भनाई छ । ‘यी क्रसरका कारण पैनी, खानेपानी, ईनार सुकेको, कुलोमा पानी नचढ्ने अबस्था आएको पाईएको छ, सांसद साँवाले भन्नुभयो, नजिकका खेतीयोग्य जमिन मरुभुमी जस्तै छन् , बिद्यालय र बालविकासमा समेत ठुलो असर पारेको छ।’
गाउँका समस्याको बारेमा बोल्न खोज्दा टोले गुण्डाहरुले तर्साउने र धम्क्याउने गरिएकोले स्थानीय बोल्न सक्ने अबसमा नरहेको उहाँको भनाई छ । यसलाई सरकारले गम्भीर रुपमा लिनु पर्ने उहाँको माग छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्