विराटनगरको गोग्राह सहकारीको वार्षिक उत्सवमा ३२ पिन्ट रगत संकलन

<span class='c1'>विराटनगरको गोग्राह सहकारीको वार्षिक उत्सवमा</span> <span class='c2'>३२ पिन्ट रगत संकलन</span>

विराटनगर । विराटनगर– ४ स्थित गोग्राह बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदान तथा निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।
शनिबार विराटनगरमा आयोजना गरिएको रक्तदानमा ३२ प्रिन्ट रगत संकलन भएको सहकारीका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए । रक्तदान कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा सर्वसाधरणहरूले रक्तादन गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरिएको अध्यक्ष आचार्यले जानकारी दिए ।
यस्तै सहकारीले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा १ सय ६ जनाले आँखा परीक्षण गरिएको छ । आँखा परीक्षण गरिएका मध्ये ६ जनामा मोतियाबिन्दुको विरामी भेटिएको छ । उनीहरूको निःशुल्क शल्यक्रिया विराटनगर आँखा अस्पतालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्