विराटनगर । विराटनगर– ५ सम्झनाचोकमा रहेको सिद्धार्थ शिशु सदन माध्यमिक विद्यालय स्कूलमा एक दिने बाल मेला सम्पन्न भएको छ ।
स्कूल परिसरमा शनिबार एक भब्य समारोह आयोजनागरि बाल मेला सम्पन्न गरिएको हो ।विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले बाल मेला आयोजना गरेको स्कूलका संचालक अध्यक्ष मिना आचार्यले जानकारी दिनुभयो । मेलामा भव्य स्टेज कार्यक्रम लगायत हस्तकलाको प्रदर्शनी, विज्ञान तथा कप्युटरले आजको युगमा गरेको प्रगतिको प्रदर्शनी, खेलकुद, फेस पेन्टिंग तथा खाद्य स्टलहरु रहेको थियो । 
मेलामा रहेको प्रदर्शनीहरु नर्सरी देखीकक्षादशसम्म स्कूलमा अध्ययन गर्ने विद्यार्थीहरुले विभिन्न ज्ञानवद्र्धक र रोचक सामाग्रीहरु बनाएर प्रदर्शनी स्थलमा राखिएको स्कूलले जनाएको छ । कार्यक्रमलाई थप रोचक बनाउन स्कूलमा अध्ययनरत विद्यार्थीहरुले सँस्कृति झल्किने पहिरनमा नृत्य, कविता, गीत, नाटक प्रस्तुत गरी सहभागीहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेकाथिए ।
प्रदर्शनीमा करीब १५ सय जनाले प्रत्यक्ष अवलोकन गरेका थिए । ४ सय ५० जना विद्यार्थीहरुले प्रदर्शनीमा सहभागीता जनाएको स्कूलले जनाएको छ ।