विराटनगर फाल्गुन ४,
अस्ट्रेलिया तथा बेलायत पढ्न जान इच्छुक बिद्यार्थीको लागि विराटनगरमा एकदिने रोड शो सेसन हुने भएको छ । केआईइसीको आयोजनामा बिद्यार्थीहरुको लागि फाल्गुन १२ गते विराटनगरमा उक्त कार्यक्रम हुनेछ ।
उक्त सेसनमा बिद्यार्थीहरुलाई बेलायत तथा अस्ट्रेलिया समन्धी बिभिन्न कार्यक्रम गरिने आयोजकले जनाएको छ । कार्यक्रम बिहान ११ बजेबाट २ बजेसम्म विराटनगर महेन्द्र चोकमा केआईइसीको कार्यालयमा गरिने केआईआइसीका विराटनगर प्रमुख प्रमोद सोनीले बताए ।
उक्त कार्यक्रममा केआईइसीका सीइओ राजेन्द्र रिजाल , श्याम दाहाल तथा रवी दाहाल लगायतका व्यक्तिको सहभागिता रहनेछ ।