विराटनगर फाल्गुन ४ ,
विराटनगरमा ४० करोडको लगानीमा बहुउपयोगी कलिकाज किंगपिन्स डाइनिंङ एण्ड इन्टरटेनमेन्ट संचालन हुने खाएको छ । विराटनगरको पुष्पलाल चोकमा बन्ने उक्त रिसोर्टको शिलान्यास गरिएको छ ।
बुटिक रिसोर्टको रुपमा संचालन गर्ने उदेश्य सहित उक्त प्रोजेक्टको काम अघि बढाइएको छ । पुर्वान्चल कै पहिलो होटेल "मिलन होटेल" का संचालक परिवारले यस रिसोर्ट संचालनमा ल्याउन लागेको हो । उक्त होटेल ५० बर्ष अघि विराटनगर लगायत भारतमा समेत प्रख्यात रहेको थियो ।
३ तारे सुबिधा सहित उक्त होटेलमा सउना , जिम , स्विमिङ पुल , स्नोकर लगायतका सुबिधा हुनेछन ।
कुन साढे ६ कट्ठामा खुल्न लागेको उक्त रिसोर्टमा लाइभ ब्याण्डको प्रस्तुति समेत हुने संचालक शिल्पा प्रधान गुप्ताले जानकारी दिईन।