विराटनगर । २००७ सालको प्रजातन्त्र स्थापनाको सम्झाना गर्दै आज प्रदेश सरकारले ७० औ प्रजातन्त्र दिवस मनाएको छ ।
वाजागाजा सहित प्रदेश राजधानी विराटनगर रोडशेष चौकवाट निस्किएको प्रभात फेरी नगरको विभिन्न भागको परिक्रममा गर्दै मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा समापन भएको थियो ।
कार्यक्रममा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले दुई बर्ष अगाडि गठन भएको प्रदेश सरकार वीर शहीदहरुले देखेको सपना साकार पार्नपनि क्रियाशिल भएर बताउनुभयो । शहिदको त्याग र वलिदानका कारण नेपालमा प्रजातन्त्र स्थापना भएको चर्चागर्दै शहिदका अधुरा सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्नपनि सबै प्रदेशबासी नेपालीलाई आह्वान गर्नुभयो ।
प्रदेश सरकारको विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन सरकार प्रतिवद्ध रहेको जानकारी दिँदै दुई बर्ष अगाडि गठन भएको प्रदेश सरकार वीर शहिदहरुले देखेको सपना साकार पार्नपनि क्रियाशिल रहेको दाबी गर्नुभयो ।
उहाँले समृद्ध नेपाल,सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास समेत राख्नुभयो । कार्यक्रममा प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय परिषरमा राष्ट्रिय झण्डातोलन गर्नुभएको थियो ।