विराटनगरको गुद्री बजार अब बसपार्क छेउको आँप बगैचामा सर्दै (बन्दै गरेको भिडियो)

<span class='c1'>विराटनगरको गुद्री बजार अब बसपार्क छेउको</span> <span class='c2'>आँप बगैचामा सर्दै (बन्दै गरेको भिडियो)</span>

प्रेम देवान
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्ष चैत्र ३ गते मोरङको कटहरी १ गाँउपालीकामा रहेको कटहरी फलफ्ल तथा तरकारी बजारको भव्य समारोह विच रुपमा उद्घाटन गरे ।  विश्व बैंकको सहयोगमा १५ करोड बढीको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयले निर्माण गरेको कृषी बजार अहिले सम्म संचालनमा भने आउन सकेन ।

[caption id="attachment_111267" align="alignnone" width="1024"] प्रधानमन्त्री केपी शर्मा ओलीले गत बर्ष चैत्र ३ गते मोरङको कटहरी १ गाँउपालीकामा रहेको कटहरी फलफ्ल तथा तरकारी बजारको उद्घाटन गर्दै ।
फाईल तस्वीर[/caption]

विराटनगर महानगरपालीकाको सिमानामा रहेको कृषी बजारलाई प्रदेश नम्बर १ सरकारको मातहतमा सञ्चालन हुने गरी ल्याइएको थियो । प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई कृषी बजारको कार्यविधी बनाएर संचालनमा ल्याउन आग्रह गर्दै कृषी बजारको चावी नै हस्तान्तरण गरे । तर आज एक बर्ष पुगी सक्दा पनि संचालनमा नआउने लगभग पक्का देखीएको छ ।
विराटनगरको गुद्री बजारका व्यापारी कटहरीको कृर्षी बजारमा जान मानिरहेका छैनन् । विराटनगर महानगरपालीकाले पटक पटक सुचना जारी गर्दै गुद्री बजार हटाउन गुद्री बजार व्यावस्थापन समितिलाई आग्रह गरेको थियो ।


तर यता गुद्री बजारमा रहेका तरकारी,फलफूल तथा माछा मासु थोक खुद्रा व्यवस्थापन संघर्ष समितिले महानगर विरुद्ध विरोध ¥याली निकाल्दै आएको थियो । उनीहरुले महानगर भित्र रहेको गुद्रि बजारलाई महानगरबाहिर लान दिन नहुने अडान राख्दै आएका थिए ।
विराटनगर बाहिर जादा व्यापारी र उपभोक्तालाई टाढा र दुख हुने भन्दै गुद्री बजार संघर्ष समितिले महानगर भित्र नै हुनु पर्ने माग राख्दै आएका छन् ।
कटहरीको ५ बिगाहा क्षेत्रफलमा अत्याधुनिक सुबिधा सम्पन्न फलफूल तथा तरकारी थोक बजारलाई वेवस्था गर्दै अहिले गुद्री बजार व्यावस्थापन समितीले आप बगैचामा धमाधम फलफुल तरकारी थोक बजारको लागी टहरा बनाउने काम भईरहेको छ ।
विराटनगर ११ बसपार्क पस्चिम आप बगैचामा रहेको खाली जमिनको अढाई विगामा फलफुल तथा थोक बजारको लागी घर टहरा निर्माणको लागी यतिबेला धमाधम काम भईरहेको छ ।
तरकारी तथा फलफुलको होलसेलसँगै खुद्रा व्यापारीको लागी घर टहरा निर्माण गर्ने काम केही दिनदेखी जारी छ । विराटनगरका नागेस कोईरालाको जग्गा पशुपती भगत लगायतको समुहले ठेक्कामा लिएका हुन् । फागुनको अन्तिम महिना सम्म सरी सक्ने गरी ठेक्का लिएका व्यक्तिहरुले तिव्र रुपमा तरकारी बजारको लागी घर टहरा बनाउने काम भईरहेको छ ।


विराटनगर बाहिर जादाँ आफूलाई टाढा हुने हुदाँ आफूहरु महानगर भित्र नै बस्न चाहके गुद्री बजारका व्यापारी प्रभु भगतले बताए । महानगर भित्रको कर महानगर मै बुझाउने र महानगरको कर बाहिर गाँउपालीकामा नबुझाउने भगतको भनाई छ ।
यता सब्जी मण्डी राख्नको लागी बनाइएका घर – टहरा र गोदावको महानगरपालीका कुनै ईजाजतपत्र नलिई बनाइएको महानगरपालीकाका घर नक्शा शाखा प्रमुख ईन्जिनियर अर्जुन थापाले बताउनुभयो हाल बनाइएका घर टहरा महानरपालीकाले लागु गरेको मापदण्ड विपरीत बनाइएको पाईए कानुन अनुसार नियमन गर्ने ईन्जीनियर थापाको भनाई छ ।

यता विराटनगर महानगरपालीकाका प्रवक्ता एवम वित्तिय व्यावस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रदानले गुद्री बजारका व्यापारीहरुले आफु खुशी नयाँ स्थानमा स्थानतरण हुन गईरहेका विषयमा महानरमा छलफल भईरहेको बताउनुभयो ।
हाल ई प्लटमा रहेको गुद्री बजारमा व्यापारी हटिसकेपछि उक्त स्थानमा व्यावस्थित भवन वा कम्प्लेक्स बनाई महानगरले अहिले प्राप्त गरेको रकम भन्दा बढी बहाल उठाउने योजना रहेको महाशाखा प्रमुख प्रधानको भनाई छ ।
गुद्री बजारका व्यापारी अब महानगर भित्र नै बस्ने भनेर अडान लिइरहदा भने उता कटहरीमा करोडौको लगानीमा बनाइएको कृषी बजारलाई कसरी व्यावस्थापन गर्ने भन्ने विषयमा न त प्रदेश सरकारलाई चासो छ न त महानगरलाई ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्