विराटनगरमा सवारी दुर्घटना न्युनिकरण गर्न सडकका डिभाईडरमा रिफ्लेक्टर स्टिकर

<span class='c1'>विराटनगरमा सवारी दुर्घटना न्युनिकरण गर्न</span> <span class='c2'>सडकका डिभाईडरमा रिफ्लेक्टर स्टिकर</span>

विराटनगर । विराटनगर बरगाछी चोक देखि टंकी सिनवारीसम्म रोड डिभाइडरमा फलामजडित रिफ्लेक्टर स्टिकर लगाउने काम सुरु भएको छ ।

शुक्रबारबाट सुरु भएको सो काम विराटनगर महानगरपालिकाका प्रमुख प्रशाकिय अधिकृत एकदेव अधिकारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेश कुमार पोदार साथै स्थानिय वासिन्दाहरुको उपस्थितिमा सुरु भएको हो ।

रोड डिभाईडरमा टल्किने स्टिकर नभएको कारण रातको समयमा हुने सवारी दुर्घटनाले गर्दा व्यक्तिगतरुपमा सहयोग गर्न लागेको विराटनगर महानगरपालिका १० का राजेश कुमार शाहले बताए ।
मोरङका ट्राफिक प्रहरी प्रमुख पोदार आए पश्चात जलजला मोड देखि हनुमान मन्दिर सम्मको सडकमा राख्दै गरिएको पार्किङलाई पार्किङ स्थानमा सारे पश्चात रोड जाम रहित सफा देखिन थालिएको शाहले बताए ।

उनले भने ‘जलजला मोड देखि ट्राफिक चोक आईपुग्दा १५ मिनेट लाग्थ्यो भने अहिले २ मिनेटमा ट्राफिक चोक आइपुगिन्छ । यसले गर्दा दैनिक हुने जाम घटेको छ ।

’विराटनगर महानगरपालिकाको समेत पहल रहेको उक्त कार्य दैनिकरुपमा तरकारी बजार गुद्री चोकमा हुने ट्राफिक जाम इलभ ध्बथ लगाए पश्चात हटेको छ । हाईवे बस पार्क देखि बरगाछी चोकसम्म एक तर्फि पार्किङको अवधारणा ल्याएसँगै हाईवेमा ट्राफिक जामको समस्या घटेको छ ।

उक्त कामका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख निरीक्षक राकेश कुमार पोदारले १ महिना देखि पहल गर्दै आईरहेको बताए । विराटनगर महानगरपालिकालाई कसरी सुन्दर बनाउने, ट्राफिक जामबाट विराटनगरबासीलाई कसरी मुक्त बनाउने भन्ने विषयमा ट्राफिक प्रहरीले अपेक्षा राखेको पोदारको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्