विराटनगरमा शिक्षकको क्षमता अभिबृद्धि गर्न कार्यशाला सहित तालिम हुने

<span class='c1'>विराटनगरमा शिक्षकको क्षमता अभिबृद्धि गर्न</span> <span class='c2'>कार्यशाला सहित तालिम हुने</span>

विराटनगर फाल्गुन ९ ,

विराटनगरमा उच्च शिक्षा अध्यापन गराउने शिक्षकको क्षमता अभिबृद्धि गर्न कार्यशाला सहित तालिम हुने भएको छ  । इनोभेट नेपाल ग्रुप अन्तर्गतको भृकुटी मार्ग स्थित मेरिल्याण्ड कलेजको आयोजनामा १ दिने शिक्षक तालिम हुने भएको हो । फाल्गुन १४ गते बुधबार आयोजना हुने उक्त कार्यक्रममा शिक्षाविद प्रा. डा मन प्रसाद वाग्लेले विराटनगरमा उच्च शिक्षा पढाइरहेका शिक्षकलाई वर्तमान अवस्थाको शिक्षण बिधि समन्धी कार्यशाला सहितको तालिम संचालन गर्ने मेरिल्याण्ड कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहालले बताए ।

कार्यक्रम ठिक २ बजेबाट कलेजको हलमा संचालन हुने उनले जानकारी दिए ।

लामो समय अध्यापन तथा अनुसन्धान क्षेत्रमा क्रियाशील शिक्षाविद् वाग्लेको कार्यशालाले पुर्वमा रहेका शिक्षकहरुलाई नयाँ शैक्षिक वातावरणमा गुणस्तरीय शिक्षा बिद्यार्थीलाई दिन ज्यादै उपयोगी रहने कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेको भनाइ छ ।

साथै , उक्त तालिमको कुनै शुल्क नलाग्ने पनि आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्