विराटनगर रानीमा नेवार समुदायको सामुहिक समे बज्जी भोज

<span class='c1'>विराटनगर रानीमा नेवार समुदायको</span> <span class='c2'>सामुहिक समे बज्जी भोज</span>

विराटनगर । रानी युवा क्लब विराटनगरले नेवार समुदायको परम्परागत समे बज्जी भोज आयोजना गरेको छन् ।
विराटनगर १५ स्थित क्लब परिसरमा आयोजना गरिएको भोजमा ३ सय ५० जना नेवार समुदायका सर्वसाधारण सहभागि भएका छन ।


भोजका सहभागिलाई बाडा, छोइला,समेबज्जी, छैला सहित बोडी र सिध्रा लगायतका पारम्परिक परिकार खुवाइएको थियो । पारम्परिक समे बज्जी भोजलाई जोगाउने उद्धेश्य सहित विगत ४ बर्षदेखी कार्यक्रम आयोजना गर्नेगरिएको आयोजक समितिका अध्यक्ष उदय डंगोलले जानकारी दिनुभयो ।


असोज महिनामा मनाईने इन्द्र जात्राको अवसरमा उपत्यकामा बस्ने नेवार समुदायमा समेबज्जी भोज आयोजनागर्ने प्रचलन रहेको छ । विराटनगरमा भने सबैको अनुकुल हुनेगरि तथा भोजको अस्तित्व संरक्षण गर्ने उद्धेश्यसहित भोज आयोजना गर्नेगरिएको आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्