विराटनगरमा प्रतिबन्धित लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>विराटनगरमा प्रतिबन्धित लागुऔषध सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

विराटनगर । भारतबाट लुकाईछिपाई ल्याउदै गरेको प्रतिबन्धीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

बिराटनगर महानगरपालिका(१५ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका(११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई प्रतिबन्धीत लागुऔषध सहित मंगलबार बिहान पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुबाट प्रहरीले एभिल २१ एम्पुल, लुपिजेसिक २३ एम्पुल डाईजोल्याव २५ एम्पुल र फेनारागन २ एम्पुल बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका यी दुवै जनालाई ईलाका प्रहरी कार्याल रानीमा राखि थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यलय रानी विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्