विराटनगरका पत्रकार बुढाथोकीलाई सिग्देल पत्रकारिता पुरस्कार

<span class='c1'>विराटनगरका पत्रकार बुढाथोकीलाई</span> <span class='c2'>सिग्देल पत्रकारिता पुरस्कार</span>

विराटनगर । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार पत्रकार किशोर बुढाथोकीलाई प्रदान गरिने भएको छ ।

 

अन्नपूर्ण पोष्ट दैनिक विराटनगरका संवाददाता पत्रकार बुढाथोकीलाई सो पुरस्कार आगामी फागुन १८ गते विराटनगरमा एक कार्यक्रमको आयोजना गरि वितरण गरिने निर्णय गरिएको प्रेस संगठन मोरङका संयोजक सुदीप कोइरालाले बताउनुभयो । पुरस्कारका राशी नगद १० हजार १ सय ११ रुपैयाँ रहेको छ । प्रेस संगठन मोरङको कार्यसमितिको सपथग्रहण कार्यक्रमको अवसरपारि सो पुरस्कार प्रदान गरिने भएको छ । कृष्णप्रसाद सिग्देल यूवा पत्रकारिता पुरस्कार यसअघि तत्कालिन प्रेस चौतारी नेपालको स्थापना दिवसको अवसरमा वितरण गरिदै आईएको थियो । सो पुरस्कारबाट यसअघि पत्रकार भक्त राई, शान्ति दाहाल, मिलन के राउत, कमल रिमाल र सुमन सुस्केरा पुरस्कृत भईसक्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्