मोरङ पब्लिक स्कूलले मनायो १८ औँ वर्षिकोत्सव तथा अभिभावक भेला

<span class='c1'>मोरङ पब्लिक स्कूलले मनायो १८</span> <span class='c2'>औँ वर्षिकोत्सव तथा अभिभावक भेला</span>

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका – १ टंकिसिनवारी स्थित मोरङ पब्लिक स्कूलले १८ औं वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको छ । स्कूल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरि वार्षिकोत्सव तथा अभिभावक भेला मनाएको हो ।


कार्यक्रममा नर्सरीदेखि कक्षा दशसम्म अध्ययरत विद्यार्थीहरूले साँस्कृतिक भेषभूषामा सजिएर नृत्य, गायन प्रस्तुत गरि सहभागी भएका अतिथि तथा अभिभावकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए । सोही अवसरमा विद्यार्थीहरूले बनाएको चित्रकला तथा विज्ञानसँग सम्बन्धित विभिन्न बस्तुहरू पनि प्रदर्शनीमा राखे । विद्यार्थीहरूले प्रर्दशनीमा राखेको बस्तुको अवलोकन अभिभावक र सहभागि भएका अतिथिहरूले गरे ।


कार्यक्रममा बोल्दै बुढीगंगा गाउँपालिका अध्यक्ष बालचन्द माझीले प्रविधिको उचतम प्रयोग गरि विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले अबको आवश्यकता जीवन उपमुखी शिक्षा भएकोले यसतर्फ विद्यालयले शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै प्याब्सन मोरङका सचिब प्रेमलालसिंह सुवालले विद्यार्थीहरूलाई शिप र संस्कार सहितको शिक्षा प्रदान गरिनुपर्ने बताए । यस्तै मोरङ पब्लिक स्कूलका प्रधानध्यापक नगेन्द्रप्रसाद ढकालले गुणस्तरीय शिक्षा प्रदान गर्न स्कूल कठिबद्ध भएर लागि परेको बताए । उनले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा सँगै अक्तिरक्त क्रियाकलापमा पनि समावेश गरि स्कूल अगाडी बढेको बताए ।


कार्यक्रममा मोरङ प्याब्सनका सह–सचिब विष्णु डंगोल, संस्थागत बचत तथा ऋण सहकारी संस्था मोरङका सचिब नन्द्धलाल मण्डल, स्मृति बोर्डिङ्ग स्कूलका प्रिन्सिपल रीता न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्