अष्ट्रेलियामा पनि कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु

<span class='c1'>अष्ट्रेलियामा पनि कोरोना भाइरसको</span> <span class='c2'>संक्रमणबाट एक जनाको मृत्यु</span>

एजेन्सी, फागुन १८ । अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

पश्चिमी अस्ट्रेलियामा ७८ वर्षीय एक व्यक्तिको आइतबार मृत्यु भएको हो । मृतकको नाम गोप्य राखिएको छ ।

स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको जनाएका हुन् । मृतककी श्रीमती पनि कोरोना भाइरसको उपचारका लागि अस्पतालमै रहेकी छन् । यनको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको जनाइएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या संसारभरमा २ हजार ९७९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुने देशको संख्या चीनसहित १२ पुगेको छ । कोरोनाबाट गम्भिर संक्रमित भएका मध्ये ७ प्रतिशतको मृत्यु भएको खबरहरुमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्