विराटनगर । औषधी व्यावस्था विभाग कार्यालय विराटनगरले विराटनगरमा रहेका औषधी पसलमा छापा मारेको छ । विराटनगर न्यूरो हस्पिटल छेउमा रहेको २ वटा औषधी पसलको बारे जनगुनासो आएपछि औषधी विभागले छापा मारेको थियो ।
औषधी व्यवस्था विभागका फार्मेसी अधिृकत चतुर्भुज प्रसाद यादवको नेतृत्वका पुगेको टोलीले आईतबार औषधी पसलमा छापा मारेको थियो ।
न्यूरो अस्पताल अगाडी रहेको हाम्रो फ्रेन्ससिप फार्मेसी र आँगन नामक फार्मेसीमा म्याद गुज्रेको र दक्ष प्राविधीक व्याक्ति नभएको भेटिएको औषधी विभाग विराटनगरका निमिक्त प्रमुख दिपेन्द्र खड्काले बताउनुभयो ।
छापा मार्ने क्रममा आँगन फार्मेसीमा बोर्ड समेत नभएको भेटिएको थियो । साथै आगन फार्मेसीमा फार्मेसी सम्बन्धी दक्ष जनशक्ती नभएको भेटीएको र हाल फार्मेसीमा ताला लगाएको निमिक्त प्रमुख खड्काले बताउनुभयो ।
त्यसैगरी हाम्रो फ्रेन्ससिप फार्मेसीमा म्याद नागेका औषधी भेटिएको खड्काले आवर विराटनगरलाई जानकारी दिनुभयो । औषधी व्यावस्था विभागले हाम्रो फ्रेन्डसिप फार्मेसीबाट विभिन्न १५ प्रकारको १ सय ३९ परिमाण बरामद गरेको हो ।
यता हाम्रो फ्रेन्ससिप फार्मेसीका संचालक विकास मण्डलले भने आफुहरुले फाल्नको लागी राखिएको औषधी बरामद गरिएको बताए । औषधी पसलबाट कहिले पनि त्यसरी मिति नागेका औषधी नबेचेको मण्डलले दावी गरे ।