कोरोनाको आशङ्कामा अस्पताल भर्ना भएका व्यक्ति भागेर विराटनगर आएको प्रहरीको आशंका

<span class='c1'>कोरोनाको आशङ्कामा अस्पताल भर्ना भएका व्यक्ति</span> <span class='c2'>भागेर विराटनगर आएको प्रहरीको आशंका</span>

कोरोना भाइरसको संक्रमण लागेको आशङ्कामा अस्पताल भर्ना भएका एक व्यक्ति भागेका छन्।

बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा कोरोना भाइरसको संक्रमणको आशङ्कामा भर्ना गरिएका सुनसरी घर भएका एक व्यक्ति अस्पतालबाट भागेको एसएसपी श्याम ज्ञवालीले जानकारी दिए।

उनलाई अस्पतालको आइसोलेसनमा राख्ने तयारी भएको थियो। तर‚ उनले सो कुरा अटेरी गरिरहेका थिए। त्यसको केही समयपछि अस्पतालबाटै भागेको प्रहरीले जानकारी दिएको छ।

गत मंगलबार कोरियाबाट नेपाल फर्केका ती व्यक्ति बुधबार राती ८ बजे अस्पतालबाट फरार भएको प्रहरीले जनाएको छ। बिहीबार बिहान प्लेनमार्फत विराटनगर गएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ।

-स्वास्थ्य खबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्