विराटनगर फाल्गुन २२ ।
फोहोर मैलालाई ब्यवस्थापन गर्ने उद्देश्यले विराटनगरको रानीमा सरसफाइ अभियान सुरु भएको छ। बिहीबार पत्रकार सम्मेलनको अायाजना गरि अभियानकर्ता धर्मेन्द्र शाहले अभियानबारे जानकारी गराएका हुन्। ३ हप्ता देखि रानी भन्सार क्षेत्रलाई लक्षित गर्दै सरसफाइ अभियान सुरु भएको अभियान महिला तथा बालबालिकाको नेतृत्वमा संचालन भइरहेको शाहले बताए।
अभियानसंग जोडीएका शाहले नेपाल हिमाल ,पहाड र गौतम बुद्वको देश भनेर चिनाउने उदेश्यका साथ यस अभियानमा लागेको बताए ।
अभियानलाई विराटनगर महानगरपालिका फोहोरमैला व्यवस्थापन समितिको सहयोग रहेको उनले बताए । नेपाललाई फोहोर मुक्त बनाउने अभियानलाई सफल बनाउनको लागि अभियान चलिरहेको ठाउँमा १५ देखि २० पटक अभियानकर्ताहरू पुगनै पर्नेमा उनलेे जोड दिएका छन् ।