विराटनगर ।विराटनगरका दुई पत्रकार भारतमा सम्मानित भएका छन् । न्यू सृष्टि दैनिकका प्रमुख सम्वाददाता अनुज सापकोटा र मकालु खबर डट कमका सम्वाददाता सुजाता लिम्बुलाई भारतमा सम्मान गरिएको छ ।
आसियाना इन्टरनेश्नल जर्नलिष्ट काउन्सीलले विहिबार जोगवनीमा गरेको होली मिलन समारोहमा सापकोटा र लिङ्लेकुलाई सम्मानित गरिएको थियो । पत्रकारद्वयलाई पत्रकारितामा विभिन्न समयमा भारत र नेपालको हितको पक्षमा खबरको माध्यमबाट निर्वाह गरेको महत्वपूर्ण भुमिकाको मूल्याङ्कन गर्दै सम्मानित गरिएको हो ।
पत्रकारलाई कांग्रेस नेता दिलिप घाडेवा, न्यूज १८ का विहार व्यूरो चिफ सतिसकुमार मिश्र, हिन्दूस्तान टाइम्सका वरूण मिश्रा, प्रभात खबरका सुजीत भारती, संविधान सभा सदस्य आशा सरदार लगायतले सम्मान पत्र हस्तान्तरण गरेका थिए । समारोहमा विराटनगरको जनरल अस्पताल एण्ड ट्रमा सेन्टरका प्रवन्ध निर्देशक दीपक रायलाई पनि सम्मानित गरिएको भारत नेपाल मैत्री समाजका प्रमुख राजेश शर्माले जानकारी दिए ।