विराटनगरमा कोरोना भाइरसका विरुद्ध सचेतना कार्यक्रम आयोजना गरिने

<span class='c1'>विराटनगरमा कोरोना भाइरसका विरुद्ध</span> <span class='c2'>सचेतना कार्यक्रम आयोजना गरिने</span>

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोना भाइरसका विरुद्ध सचेतना कार्यक्रम आयोजना गरेको छ । बिहिबार भएको कार्यक्रमले विराटनगर महानगरपालिका कोरोना भाइरस विरुद्ध संघिय र प्रदेश सरकारसंग सहकार्य समन्वय गर्दै अघि बढ्ने भएको छ ।

महानगरपालिकाले कार्यक्रम विच नगर क्षेत्र भित्र कोरोना भाइरसको नियन्त्रण र अनुगमनको लागि समन्वय समितिको गठन गरेको छ । समितिका प्रमुख प्रसाशकिय अधिकृत एकदेव अधिकारी प्रमुख रहने छन् भने नगरपालिका जनस्वास्य प्रमुख रमेश कार्की सचिव रहने छन् । समितिमा नगरपालिकाका विभिन्न विभागका प्रमुखहरु सदस्य रहने छन् ।

समन्वय समितिले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विभिन्न संघसंस्था,चिकित्सक, राजनैतिक दलका प्रतिनिधिहरुसंग छलफल गरी वडा संग समन्वय गर्ने छ । सिमान्त रानीमा भारतबाट आउने रेलका यात्रुहरुलाई सहायता डेक्सबाट निग्रानी राख्ने, साबुन पानीले हात धुन लगाउने, माक्सको प्रयोगलाई प्राथमिकतामा राख्ने प्रसाशकिय अधिकृत अधिकारीले बताए ।
त्यस्तै प्रमुख कार्कीले सुरक्षाको उपाय सबैभन्दा पहिला आफैबाट अपनाउनु पर्नेमा जोड दिए । आफैले सचेत रहेमा जोखिम कम हुने सम्भावना रहेको उनले बताए ।

त्यसैगरी विराटनगर महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले नगरपालिका कोरोना भाइरसका विरुद्धको अभियानमा हदै सम्मको सक्रियताका साथ लाग्ने प्रतिवद्धता जनाइन् । माक्सको कालोबजारी रोक्न इमान्दारिका साथ अनुगम गरिने उनले बताइन् ।
हालसम्ममा विश्वभरमा ९० हजार ८ सय ७० जना कोरोनाबाट पीडित भइसकेका छन् भनि ३ हजार ४५ को मृत्यु भै सकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्