प्रेम देवान
विराटनगर । पछिल्लो समय चिया पसलदेखी हरेक कार्यालयमा चौतर्फी रुपमा चर्चाको विषय हो कोरोना भाईरस । बाटोमा होस या घरमा सबै मानिसको मुखमा अहिले यही शब्द सुनिन्छ । चिनको हुवानबाट सुरु भएको यो रोग अहिले विश्वका धेरै देशहरुमा फैलिसकेको छ । यता नेपालमा पनि यो रोग फैलन सक्ने डरका कारण सरकारले विभिन्न उपायहरु अपनाईरहेको छ ।
भिडियो
यो रोगबाट अहिले विश्वमा हजारौले ज्यान गुमाईसेका छन् भने लाखौ प्रभावित भईसकेका छन् । यसको अहिले सम्म कुनै औषधी पत्ता लाग्न सकेको छैन । यसरी विश्वभर कोरोनाको भाइरसको चिन्ता फैलिरहेको बेला विराटनगरमा भने यो रोगबाट बच्नको लागी निुशल्क औषधी पाईन्छ भन्दा तपाई अचम्म लाग्न सक्छ । तर अचम्म भने नमान्नुहोस । हो विगत १५ , १६ बर्षदेखी निशुल्क रुपमा होमियो प्याथिक औषधी वितरण गर्दै आएको महेश होमियो दातब्य औषधालयले कोरोनाबाट रोकथामको लागी भन्दै आरसेनिक एल्वम ३० नामक औषधी वितरण गर्दैै आएको छ ।
विराटनगर ९ घोघाहपुल चौक नजिकै रहेको महेश होमियो औषधादयले केही दिनयतादेखी निशुल्क रुपमा उक्त औषधी खुवाउदै आएको छ । अहिले मुलुक भर कोरोना भाइरसको चिन्ता बढेसँगै धेरै व्यक्तीमा यसको क्रास पनि उति कै फैलदै गएको छ ।
औषधालयमा दैनिकी आम सर्वसाधरणहरु औषधी खान र लिन आउने गरेका छन् । मोरङको कटहरी गाँउपालीकाी ममता सिहले पनि आफूसंगै घरका अन्य सदस्यलाई पनि औषधी लिन आएके बताईन् । उनी भन्छिन् भोलीको दिनमा आफ्नो सुरक्षा आफै गर्नको लागी औषधी खाएको सुनाईन् ।
औषधालयमा राजेस कुमार गुप्ता अन्य होमियोप्याथिकका औषधीसँगै कोरोनाको औषधी वितरण गर्दै गरेका भेटिन्छन् । हामी त्यहाँ पुगेर केही कुरा बुझ्न खोज्दा उनी कोरोनाको औषधी जो कोहीले खान मिल्ने बताउछन् । हामीले दैनिक २० देखी ३० जनालाई यो औषधी खुवाउदै आएको बताए ।
यता औषधालयका डाक्टर आशिष कुमार राय भन्छन् आरसेनिक एलवम ३० ले कोरोना रोकथामको लागी खान मिल्ने बताउछन् । तर आफूहरुसँग विक्री वितरण गर्नको लागी भने आधिकारी प्रमाण पत्र नभएको स्वयम स्वीकारछन् ।
यो औषधीले कुनै साईड इभफेक्ट नगर्ने उहाँको दावी छ । यसका लागी सरकारसँग सहकार्य गरेर यो औषधी वितरणको लागी प्रक्रया अगाडी बढाउने तयारी रहेको डा रायको भनाई छ ।
तर यता प्रदेश न एकका सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख डाक्टर सुरेस मेहताका भन्नुहुन्छ आरसेनिककम औषधी कुनै पनि अध्ययन र अनुसन्धानले पत्ता लगाउन सकेको छैन । नोभल कोरोना भाइरस नया रोग भएका कारण यसको औषधी अहिले सम्म पत्ता लाग्न सकेको छैन । यसको सत्य तत्य पत्ता लगाएर अगाडी बढ्ने डाक्टर मेहताको भनाई छ ।
[caption id="attachment_112304" align="alignnone" width="2048"] सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य प्रमुख डाक्टर सुरेस मेहता[/caption]
चिनले अहिले सम्म कोरोनाको अौषधी पत्ता लगाउन सकेको छैन, तर यता विराटनगरमा भने कोरोना भाइरसकोबाट रोकथाम गर्न भन्दै निशुल्क रुपमा वितरण गरिदै आएको औषधी प्रभावकारी होला त ः त्यसको सम्बन्धीत निकायले अनुगमन गर्नु आवश्यक देखिन्छ ।