विराटनगर फाल्गुन २४ ,
विराटनगर बजारमा शनिबार विराटनगरका विभिन्न संघसस्थाका युवाहरुले निशुल्क माक्स वितरण गरेका छन् । विराटनगरको हनुमान मन्दिर अगाडी उभिएर युवाहरुले सर्वसाधारणलाई कोरोना भाइरसबाट जोगिन मास्क वितरण गरिएको अभियन्ता चांद बाबु इराकीले बताए ।
युवाहरुले १ हजार बढी माक्स वितरण गरेको उनले बताए । कार्यक्रममा मोरङका एसपी बिश्व अधिकारी, युवा नेता वासिम आलम लगायतको उपस्तिथी रहेको थियो ।
युवा अभियन्ता इराकीको सहयोगमा सर्वसाधारणलाई माक्स वितरण गरिएको हो ।