कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाको २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध

कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाको २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध

काठमाडौं, फागुन २९ गते ।

कोरोना भाइरसको विश्वव्यापी संक्रमण बढेसँगै अमेरिकाले बेलायत बाहेकका २६ युरोपेली मुलुकको यात्रामा प्रतिबन्ध लगाएको छ ।
सो प्रतिबन्ध शुक्रबार मध्यरातबाट लागू हुने छ । यो प्रतिबन्धले युरोपमा रहेका अमेरिकी स्थायी बासिन्दालाई भने अमेरिका आउन रोक लगाउने छैन । उनीहरूले सो अबधिमा अमेरिका आउजाउ गर्न पाउने छन तर उनीहरूको बारेमा सोधपुछ र स्वास्थय जाँच हुने छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजन सम्बोधन मार्फत सो प्रतिबन्धको घोषणा गर्दै सबै खाले युरोप यात्र माथि ३० दिनका लागि प्रतिबन्ध लगाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कठोर’ तर आवश्यक प्रतिबन्ध हो तर यो बेलायतका लागि भने होइन । बेलायतमा पनि अहिलेसम्म ४६० जनामा यो संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्