जब विराटनगरको ईन्जिनियर मार्गमा नै २ नम्बर ईटा प्रयोग गरेको भेटिएपछि

<span class='c1'>जब विराटनगरको ईन्जिनियर मार्गमा नै २</span> <span class='c2'>नम्बर ईटा प्रयोग गरेको भेटिएपछि</span>

विराटनगर । विराटनगर । विराटनगर महानगरपालीका वडा नम्बर १० स्थित इन्जिनियर मार्गमा बन्दै गरेको नालामा एक नम्बरको ईटा भन्दै २ नम्बरको ईटा प्रयोग गरेको फेला पारेपछि जनप्रतिनिधीले काम रोकिदिएका छन् ।

[caption id="attachment_113078" align="alignnone" width="960"] एक नम्बर भन्दै २ नम्बर ईटा बोकेर ल्याएको ट्याक्टर ।
तस्वीर ः प्रेम देवान[/caption]

विराटनगरको बङ्लामुखीमार्ग दक्षिणमा रहेको ईन्जिनियर मार्गमा भईरहेको सडक विस्तार अन्तर्गत नाला बनाउनको लागी ल्याइएको ईटा २ नम्बर भएको फेला पारेपछी ईटा पुन फिर्ता गराइएको छ ।
विराटनगर महानगरपालीकाबाट ७ लाख ४५ हजारमा विजय निर्माण सेवाले ठेक्का लिएको नाला बनाउनको लागी ल्याएको ईटा २ नम्बर प्रयोग गरेको भन्दै काम रोकिएको थियो ।
विराटनगर वडा नम्बर १० का वडा सदस्य देवु मण्डलले स्थलगत अनुगमन क्रममा २ नम्बर ईटा प्रयोग गरेको फेला परेको भन्दै फिर्ता गराउन कामदारहरुलाई आग्रह गरेका थिए ।

करिब ७० मिटर लामो सडकको नाला बनाउन ल्याइएको इटामा २ नम्बरदेखी ३ नम्बर इटा प्रयोग गरेको भेटिएपछि नालाको काम गर्नलाई तत्कालको लागी रोकिएको वडा सदस्य देवु मण्डलले बताए । जनप्रतिनिधीले २ नम्बर ईटा प्रयोग गरिएका नालाको ईटा निकाल्दै पुन अर्को ईटा प्रयोग गर्न आग्रह गरे ।
नाला बनाउने ठेक्का लिएका विजय निर्माण सेवा प्रालीका संचालक विजय साहले भने कहिले काही एक दुई वटा ईटा मिक्स भएर आउने गैरजिम्मेवारी जवाफ दिए ।

भिडियो पनि

त्यति मात्र हैन बनाउदै गरेका नालामा केही समस्या देखिएको भन्दै बनाउदै गरेको नालाको आदा भाग त्यसै छोडिएको छ । स्थानिय गजेन्द्र बहादुर कार्कीको घर अगाडीको भागको नाला नबनाई त्यसै छाडिएको छ । घरधनी अमेरिकामा भएका कारण भत्काउन नमिल्ने भन्दै आदा भाग त्यसै छाडिएको छ । यता घरको रेखदेख गर्दै आउनुभएकी गगा पाण्डेले भने घरधनी बाहिर भएका कारण आफूलाई योबारे केही जानकारी नभएको बताउनुभयो । नालामा घरको जग्गा पर्ने भएका कारण अमेरिकाबाट नै घरको पर्खाल नबनाउन भन्दै आग्रह गरेका पाण्डेले सुनाउनुभयो ।
विराटनगरमा भइरहेका विकास निर्माणका क्रममा चरम लापारबाही यो पहिलो उदाहरण भने पक्कै हैन । यस्ता खालका चरम लापारबाही बारम्बार भईरहेका छन् यद्यपी आवर विराटनगरले त्यसको खबरदारी पनि गर्दै आएको छ । विकासको नाउमा यसरी चरमलापारबाही गर्ने निर्माण कम्पनीहरुलाई तत्काल एक्सन लिइ कारबाहीको दायरमा ल्याउन सक्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्