दमकमा नमुना सडक बनाउने उद्देश्यले निर्माण कार्य शुरु

<span class='c1'>दमकमा नमुना सडक बनाउने</span> <span class='c2'>उद्देश्यले निर्माण कार्य शुरु</span>

झापाको दमक- ११ स्थित मुख्य बजार खण्डमा रहेको सडकलाई नमुना सडक बनाउने उद्देश्यले निर्माण कार्य शुरु भएको छ । दमक नगरपालिकाले उच्च महत्वका साथ सो सडकलाई नेपालकै नमुना सडकका रुपमा विकास गर्ने उद्देश्यले निर्माण शुरु गरेको हो । स्थानीय जनसहभागिता र दमक नगरपालिकाको गरी कूल ६० लाख रुपैयाँको लागतमा शंखधर साख्वा चोकदेखि कोइराला मेडिकल हलसम्मको करिब १ सय ७५ मिटर लम्बाईको नमुना सड्कको निर्माण शुरु भएको सो सडक निर्माण समितिका सचिब नन्दी अधिकारीले जानकारी दिए । ५० फिट चौडाईमा निर्माण हुन लागेको नमुना सडकमा कालोपत्रेको सट्टा टायल खापिने दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले जानकारी दिए । सवै प्रकार सवारी साधनहरुलाई प्रबेश निषेध हुने गरी निर्माण गर्न लागिएको सो सडकको दुवै किनारामा फूलबगैचा, वृक्षारोपण, खानेपानी तथा फलैचा समेत निर्माण हुने भएको छ । सो सडक खण्डलाई २४ घण्टा उज्यालो बनाई राख्न सोलार बत्तीसमेत राखिने नगरपालिकाले जनाएको छ । त्यस्तै सो क्षेत्रमा मनोरम प्रदान गर्न पानीको फोहोरा समेत निर्माण हुने जनाइएको छ । भारतको सिक्किममा निर्माण गरिएका सडकको नक्कल गर्दै दमक नगरपालिकाले पनि यो अवधारणालाई अगाडि ल्याएको दमक नगर पालिकाका कार्यकारी प्रमुख युवराज दाहालले जानकारी दिए । समितिले सोमबारबाट नै सडक किनार सफा गर्ने तथा नाली खन्ने जस्ता प्रारम्भिक काम शुरु भएको समितिका अध्यक्ष पुण्य ढुङ्गानाले जानकारी दिए । निर्माण शुरु भएको कम्तीमा ६ महिना भित्रमा सो मार्गको सम्पूर्ण संरचना सञ्चालनमा आउने अध्यक्ष ढुङ्गानाले बताए । सो क्षेत्रमा लक्ष्य अनुरुप सवै संरचना पूरा भए यहाँको व्यापारीक चहलपहल बढ्ने स्थानीय व्यवसायी राजकुमार श्रेष्ठ बताउँछन् ।

( साभार: पूर्वेलीटाईम्स )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्