गङगाप्रसादले ५० वर्ष पछी हराएका बुवा भेट्टाए

<span class='c1'>गङगाप्रसादले ५० वर्ष पछी</span> <span class='c2'>हराएका बुवा भेट्टाए</span>

उर्लाबारी –६ का गङगाप्रसाद बास्तोलाले ५० वर्ष पछी आफनो बुबा भेट्टाएका छन । बास्तोलाले हराएको ५० वर्ष पछी बुबा यज्ञप्रसाद बास्तोलालाई भेट्टाउनु भएको हो ।यज्ञप्रसाद बास्तोलाले २०२२ दुई जिउकी पत्नी जानुकादेवीलाई छाडेर परदेश हिँड्नु भएको थियो ।धनकुटा र पाँचथरको सिमानमा पर्ने ६ नम्बर बुधबारेबाट २०२२ साल वैशाखमा यज्ञप्रसाद हिँड्दा गङगाको जन्मभएको थिएन ।भारतको आसामको लक्सीनपुरमा पुरोहित पेशा गर्दै आएका यज्ञप्रसाद दुई महिना अघि दुर्घटनामा परेपछी उपचारका क्रममा उहाँका दुवै आँखा गुमाउनु भएको थियो । आँखाको ज्योति गुमाएकै अवस्थामा झापाको लखनपुरमा रहेकी दिदी डवलीमाया रिजालको घरमा यज्ञप्रसाद ट्याक्सीमा आई पुग्नु भएको थियो ।डवलीमायाको छोरा भवानी रिजालले बुबा यज्ञप्रसाद आइपुगेको खबर मोबाइलबाट गङगा लाई खबर गरेपछी गङगारामले झापाको लखन पुर पुगरे आफनो बाबु ल्याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्