सप्तरीको कञ्चनरुप नगरपालिकामा अतिविपन्न किशोरीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिमको आयोजना गरिएको छ । तालिम उद्घाटनको क्रममा नगरपालिका अधिकृत आनन्दकुमार ठाकुरले सूचना प्रविधिको अहिलेको युगमा कम्प्युटर शिक्षा अति नै आवश्यक रहेकाले तालिमको आयोजना गरिएको बताउनुभयो ।
नगरपालिकाको ११ वटै वडाका पाँच÷पाँच जना अतिविपन्न किशोरीलाई छनोट गरी तालिममा सहभागी गराएको जानकारी उहाँले दिनुभयो ।
तालिममा ५५ जनाको सहभागिता रहेको बताइएको छ ।