कोरोनाको माहामारीको असर र त्यसको ब्यवस्थापन सम्बन्धी यो लेखमा १) कोरोना भाईरस सम्बन्धी जानकारी २) बिगतमा फैलिएका केही मुख्य महामारीहरुको उल्लेख, ३) बढ्रदो कोरोना संक्रमणको वर्तमान अवस्थाको चित्रण, ४) कोरोनासंग जुध्न गरिएका हालसम्मका प्रयासहरुको विश्लेषण, ५।कोरोना संक्रमणले तत्काल पारेको प्रभाव, ६) कोरोनाले सिकाएका नयां पाठहरु, ७) कोरोना नियन्त्रणमा सरकार र नागरीकको जिम्मेवारी, ८)आगामी दिनको प्रकोप ब्यवस्थापनकालागी हाल लिनु पर्ने अठोट सम्बन्धी सुझाव र ९) निष्कर्ष गरी जम्मा नौ वटा पक्षहरु समिेटिएका छन ।
१. कोरोना भाईरस के हो ?
ईन्साईकोपेडियाका अनुसार भाईरस शब्द ल्याटिन भाषाबाट आएको देखिन्छ जसमा भाईरसको अर्थ विष भन्ने बुझिन्छ । कुनै प्राणीको भौतिक शरिरमा प्रवेश नपाउदासम्म बृद्विको सम्भावना नरहने र स्वतन्त्र रुपमा छुट्टै अस्तित्वमा रहन नसक्ने कणको रुपमा भाईरसलाई लिन सकिन्छ । स्पर्श, स्वासप्रस्वास वा खानेकुरासंगै मानव वा कुनै जिवितको शरिरमा प्रवेश पाएपछि मात्र भाईरस पुर्ण रुपमा कृयाशिल हुने गर्दछ । यस्तै विभिन्न भाईरसहरु मध्येकै एक भाईरस हो कोरोना भाईरस, जसलाई कोविड—१९ को रुपमा नामाकरण गरिएको छ । गत बर्ष सन २०१९ को डिसेम्बर १० मा चीनको बुहान प्रान्तबाट शुरुवात भएको यो कोरोना भाईरस ९कोविड—१९० कुनै जिवित जीव भने होईन । विश्व स्वास्थ्य संगठनका अनुसार यो लिपिड फ्याटले घेरिएको एक प्रोटिन मोलिक्यूल हो । मानवसंगको स्पर्शसंगै मानव शरिरमा प्रवेश पाएपछि यसको जेनेटिक कोड परिवर्तन भई आक्रामक रुपमा बृद्विहुन सक्ने तहमा पुग्छ । सेनिटाईजर, साबुन, डिटर्जेन्ट वा ६५ प्रतिशत भन्दा बढी अल्कोहोलिक तत्व भएको केमिकलयुक्त पदार्थसंग सम्पर्कमा आएपछिमात्र यो भाइरस नष्ट हुने कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ । डिसेम्बर २०१९ पछिको लगभग ५ महिनाको अन्तरालमा विश्वका २०० भन्दा बढी मुलुक र त्यंहाका अधिकांश मानिसहरुलाई त्रसित र आक्रान्त बनाईरहेको भाईरसको रुपमा कोविड १९ लाई लिन सकिन्छ ।
२.बिगतमा फैलिएका महामारीहरु
विश्व स्वास्थ्य संगठनका तथ्याड्ड र प्रकाशनहरुका अनुसार बिभिन्न समयमा धेरै मानिसहरुको ज्यान जाने गरी माहामारीको रुपमा ठूलठूला प्रकोपहरु फैलिएका थिए । हालसम्मकै ठूलो मानवीय क्षति सहितकोमहामारीको रुपमा सन १३४७ देखि ब्लाक सीका १२ वटा पानीजहाजबाट फैलिएर युरोपका अधिकांश भाग र एशियाका केही भागमा सन १३५० सम्म रहेको बुबोनिक प्लेग जसलाई दि ब्लाक डेथ नामाकरण गरिएको थियो र त्यसबाट विश्वभर १० करोड भन्दा बढीको ज्यान गएको अनुमान लगाईएको थियो । यो दि ब्लाक डेथ पछि नै पश्चिमी यूरोपको ससक्तीकरणसंगै उदय भएको ईतिहास पाईन्छ । सन १५२० पछि झण्डै ५ करोड ६० लाख मानिसको ज्यान जानेगरी अमेरिका हुदै फैलिएको बिफर रोग विश्व ईतिहासको ठूलो महामारीको रुपमा लिने गरिन्छ । युनिभर्सिटी अफ लण्डनको एक खोज अध्ययनको निश्कर्षका अनुसार अमेरिकी जनसंख्याको ठूलोहिस्साको अवसानसंगै त्यहाको जनसंख्यामा ब्यापक रुपमा कमी आई ठूलो आवसीय क्षेत्र जंगलमा परिणत भएको फलस्वरुप उक्त क्षेत्रको तापक्रममा कमी आएको र उक्त महादिपको जलवायूमा नै ठूलो परिवर्तन आएको उल्लेख गरिएको छ । सन १८९० मा १० लाख मानिसको ज्यान जाने गरी फैलिएको रसियन फ्लू, सन १९१८ १९ मा झण्डै ५ करोड मानिसको ज्यान जाने गरी फैलिएको स्पेनिस फ्लू, १९७० मा १० लाख मानिसको ज्यान लिने गरी फैलिएको हङकङ फ्लू, सन १९८१ पछि शुरुभएर हालसम्म झण्डै ४ करोड मानिसको ज्यान जाने गरी शुरु भएको एड्स, सन २००३ मा फैलिएको सार्स, २०१० मा विश्वका धेरै ठाउंमा २ लाख मानिसको ज्यान जाने गरी फैलिएको स्वाईन फ्लू, सन २०१६ मा ११००० ब्यक्तिको ज्यान जाने अफ्रिकन देशमा फैलिएको ईबोला हालसम्मका केही महत्वपुर्ण माहामारीका उदाहरण हुन । यसैगरी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ईन अमेरिकाका अनुसार सन २०१७—१८ मा ५६००० ब्यक्तिको ज्यान जानेगरी त्यहां फैलिएको अमेरिकन फ्लू लाई पनि ठूलो महामारीको रुपमा लिन सकिन्छ ।
नेपालमा सन १९४८ मा फैलिएको निमोनिया, सन १९५९ मा फैलिएको टाईफाईड, सन १९६५ मा फैलिएको कालाजार, सन १९९५ मा ४३ गोरखा तथा आसपासका जिल्लाको हिमाली भेगमा ४३ जनाको ज्यान जानेगरी भएका भाईरल डिजिज, सन १९९९ मा १२०७ ब्यक्तिको ज्यान जाने गरी फैलिएको टाईफाईड र कोलेरा पनि नेपालको महामारी कै रुपमा थियो । सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन ईन अमेरिकाले गरेको अध्ययन प्रतिवेदन अनुसार सन २००२ मा १२७५० ब्यक्तिको ज्यान जाने गरी फैलिएको मलेरिया, सन २००९ मा जाजरकोटमा फैलिएको हैजा, विश्व स्वास्थ्य संगठनको ईपिडेमिक रिपोर्ट २०१० का अनुसार सन २००५ सम्म नेपालमा फैलिएको जापानिस ईसेफलाईटिस जसबाट ५३८१ के ज्यान गएको बताईएको छ । यसैगरी नेपालमा सन २०१० मा ९१७ जनाको ज्यान लिने गरी फैलिएको डेङ्खु रोग तथा बि।सं। २०७२ को महाभुकम्प पछि देखिएको टाईफस लगागत नेपालमा फैलिएका महामारीका उदाहरणहरु हुन । पछिल्लो शताब्दीलाई हेर्दा विश्वका अधिकांश देशहरुलाई एकैपटक आक्रान्त पार्ने माहामारी र भाईरसको रुपमा देखापरेको छ कोरोना भाईरस ९कोविड—१९० प्रकोप ।
३. बढ्रदो संक्रमणको वर्तमान अवस्था
गतबर्ष सन २०१९ को डिसेम्बर १० मा चीनको बुहान प्रान्तबाट शुरुवात भएको यो कोरोना भाईरस ९कोविड—१९० करिव ५ महिनाको अवधिमा विश्वका २०० वटा देशका लगभग १० लाख मानिसमा संक्रमीत भई यो लेख प्रकाशित हुंदासम्म झण्डै ६० हजार मानिसको ज्यान लिईसकेको रिपोर्ट विश्व स्वास्थ्य संघठनको वेवसाईटबाट थाहापाउन सकिन्छ । संक्रमितहरुको संख्या द्रुत गतिमा बढिरहेको पाईएको छ । जोन हकिन्स विश्वविद्यालयले मध्य मार्चमा प्रकाशित गरेको अनुसन्धान रिपोर्टका अनुसार संक्रमितहरुको संख्यामध्ये ५ दशमलव २ प्रतिशतको मृत्यूदर रहेकोछ । अप्रिलसम्मको तथ्याङ्क हेर्दा संक्रमितहरुको संख्यामध्ये ६ प्रतिशतको मृत्यूदर रहेको छ ।
स्वास्थ्य मन्त्रालयको २०७६ चैत्र २२ मा प्रकाशित तथ्याङ्क अनुसार नेपालमा हालसम्म १५२१ ज्नाको स्वाब परिक्षण गरिएकोमा ९ जनामा संक्रमण पोजेटिभ देखिएको छ । चैत्र २२ कै दिन ३ जना नयां संक्रमित थपिएका छन भने १६ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बांकीनै छ । हालसम्म बिदेशबाट आएका ब्यक्तिहरुमा मात्र संक्रमण देखिदै आएकोमा अब पहिलो केसको रुपमा लोकल ट्रान्मिसन भई संक्रमित ब्यक्ति समेत फेलापरेबाट नेपाल संक्रमणको पहिलो चरणबाट दोस्रो चरणमा प्रवेश गरेको छ । अव अझ बिदेशबाट आई सैल्फ वा सामुदायिक क्वारेन्टाईनमा बसेका करिव १० हजार ब्यक्तिहरुको स्वाब परिक्षण गरीसक्दा सम्म यो संख्यामा ठूलो बढोत्तरी हुने आशंका गरिएको छ । यसैगरी गौरीफन्टा लगायतका नाकाबाट नेपाल प्रवेश गरी क्वारेन्टाईनबाट समेत भागेका वा नबसेका करिव १००० जना र नेपालको तराईका बिभिन्न जिल्लाबाट भारतको दिल्लीस्थित निजामुद्यिन मरकजमा सहभागी भएका मुस्लिम समाजका १९ जनामा समेत संक्रमण रहेको हुनसक्ने अनुमान लगाईएबाट नेपालमा संक्रमणको जोखिम तिब्र रुपमा बढेर गएको छ ।
४. कोरोनासंग जुध्न गरिएका हालसम्मका प्रयासहरु
कोरोना भाईरस (कोविड—१९) प्रकोपलाई न्यूनिकरण गर्न अन्तराष्ट्रिय संघसंगठन, सरकार, नागरीक समाज सहित सम्पुर्ण जनताहरु सवै एकसाथ लागीपर्नु परिरहेको अवस्था सृजना भएको छ । संयुक्त राष्ट्र संघ, विश्व स्वास्थ्य संघठन जस्ता समन्वयात्मक संघठनहरुले विश्वब्यापी रुपमा कोरोना सम्बन्धी सचेतना फैलाउने कार्य देखि लिएर प्रकोपको सम्भावना, अपनाउनु पर्ने सावधानी लगायतका बिषयमा निरन्तर रुपमा देशको वास्तविक अवस्था अनुरुपका परामर्श र निर्देशनहरु दिदै आएको छ । प्रत्येक देशका सरकारले आ—आफ्नो क्षमताले भ्याएसम्मका बिभिन्न खाले प्रयासहरु अगाडी बढाउदै आएका छन । कोरोनासंग जुध्नकालागी छिमेकी देश भारतले १७ खर्व भारतीय रुपैयाको राहत प्याकेज घोषणा गरी लागुगरेको छ ।
विश्वको महाशक्तिको रुपमा रहेको अमेरिका समेत कोरोनाबाट गम्भीर रुपमा आक्रान्त भएको छ र उसले २० खर्व डलर बराबरको कोष खडा गरी कोरोना विरुद्वको लडाई लडिरहेको छ । चीनले आफ्नो सारा साधन स्रोत र शक्ति लगाएर करिव करिव यो समस्याबाट छुटकारा पाउने अवस्थामा आफुलाई उभ्याएको छ । विश्व स्वास्थ्य संगठनले समेत आफ्नो सम्पुर्ण साधनस्रोतलाई कोरोना भाईरस ९कोविड १९० प्रकोपलाई न्यूनिकरण गर्ने प्रयोजनकालागी केन्द्रित गरेको छ । एक सुचना मार्फत तत्कालका लागी उसले सदस्य राष्ट्रहरुसंग थप ९ मिलियन अमेरिकी डलरको आपतकालिन कोषकालागी आह्रवान गरेको छ । विश्व बैंकले कोरोना बिरुद्वमा संस्थागत क्षेत्रसंग सहकार्य गर्न तथा उक्त क्षेत्रको क्षमता विस्तार र आर्थिक बृद्विलाई टेवा पुर्याउन १४ अर्व अमेरिकी डलर बराबरको प्याकेजको घोषणा एक बिज्ञप्ती मार्फत गरेको छ ।
नेपालले सर्वप्रथम डिसेम्बर २०१९ बाट चीनमा कोरोना प्रकोप शुरु भएपछि बुहानमा अध्ययनरत रहेका आफ्ना १७५ बिद्यार्थीहरुलाई फेब्रुअरी १६, २०२० मा चार्टर्ड बिमान मार्फत काठमाडौं ल्याई भक्तपुर खरिपाटीमा तयार गरिएको क्वारेन्टाईन कक्षमा १६ दिनसम्म राखेर कोरोना नियन्त्रण सम्बन्धी कार्यको शुरुवात गरेको थियो । यसैगरी जनवरी २८, २०२० मा एक निर्णय मार्फत हब तथा सेटेलाईट हस्पिटलको रुपमा रहेका सवै अस्पतालमा आईसोलेसन कक्ष निर्माण गर्न निदैशन दिने, बिमानस्थल आगमन कक्षमा थर्मल स्क्यानर प्लान्ट जडान गर्ने, काडमाडौंमा नेशनल पब्लीक हेल्थ लाबोरेटरीमा कोरोना परीक्षणको बन्दोबस्त मिलाउने जस्ता केही निर्णयहरु गरी ग्राउण्ड लेभलमा समेत सतर्कताका केही कदमहरु शुरुगर्यो ।
यसैगरी १६ फेब्रुवरी २०२० मा मन्त्रीपरीषदको बैठकमार्फत भारत र चीन तर्फका बोर्डर नाकाहरुमा हेल्थ डेक्स खडा गरी फिभर टेस्ट गर्ने, शुक्रराज ट्रपिकल अस्पताललाई कोरोना परीक्षण केन्द्र बनाउने, सतर्कताकालागी धेरै मानिस जम्मा ह’शने खालका सभा सम्मेलन, भीडभाड, सामाजिक कृयाकलापहरु रोक्ने लगागतका निर्णयहरु गर्रो । सोही बैठकबाट सरकारले कोरोना अभियानमा आवश्यक निर्णयहरु गर्न उपप्रधानमन्त्री ईश्वर पोख्रेलको संयोजकत्वमा गृहमन्त्री राम बहादुर थापा, पर्यटन मन्त्री योगेश भट्टराई, अर्थ मन्त्री डा युवराज खतिवडा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल सदस्य रहेको उच्च स्तरीय समिति निर्माण तथा मुख्य सचिवको संयोजकत्वमा कार्यान्वयन समिति समेत निमांण गर्यो । यसैगरी ३ मार्च २०२० मा सरकारले नेपाली नागरीकलाई कोरिया, ईरान, ईटाली, जापान लगायतका कोरोना जोखिम रहेका देशमा भ्रमण नगर्न उर्दी जारी गर्यो, चीन लगायतका कोरोना प्रकोप भएका देशबाट नेपालमा आउने यात्रुले कोभिड नरहेको पुष्टीहुने कागज देखाउनुपर्ने, काकरभिट्टा, गड्डाचौकी, रक्सौल, सुनौल,ी र जमुनाहा नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाउने, कोरोना जोखिम रहेका देशबाट नेपाल आउने यात्रुले अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्नुपर्ने, भ्रमण बर्ष २०२० रद्व गर्ने, सवै राष्ट्रिय र अन्तराष्ट्रिय घोषित कार्यक्रमहरु रद्व गर्ने, चैत्र ५ गते भित्र कक्षा ९ सम्मका सवै परीक्षाहरु सम्पन्न गर्न निर्देश गर्ने लगायतका निर्णयहरु गरी कोरोना सतर्कता थप बढाउने निर्णय गर्यो ।
सरकारले चैत्र ४, २०७६ मा कोरोना नियन्त्रण उच्च स्तरीय समितिको सिफारिसमा ५ गते देखि संचालन हुन लागेको एसईई परीक्षा तथा अन्य सवैखाले परीक्षा स्थगन गर्ने, सवैखालका पठनपाठनहरु बन्द गर्ने लगायत निर्णय गर्यो भने चैत्र ७ गते बसेको बैठकले लामोदुरीका यातायातहरु बन्द गर्ने, अन्राष्ट्रिय र राष्ट्रिय हवाई यातायातहरु बन्द गर्ने लगायतका निर्णयहरु गर्यो । कोरोना नियन्त्रणकालागी १० गतेबाट नेपालभर लकडाउन गर्नेगरी ९ गते सरकारले निर्णय गरेपछि मात्र मुख्य रुपमा कारोना सतर्कता अगाडी बढेको छ । १० गतेबाट शुरुभएको लकडाउनलाई २ पटकको निर्णयबाट २०७७ बैसाख ५ गतेसम्मकालागी बढाईएको छ ।
लकडाउन पश्चात जनताहरु घरघरमा सुरक्षित रुपमा बसेका छन भने संघीय, प्रदेश र स्थानिय तीनै तहका सरकारहरु क्वारेनटाईन र आईसोलेशन कक्ष्हरुको तथा अस्थायी अस्पतालहरुको निर्माण गर्ने, स्वास्थ्यकर्मीहरुलाई आवश्यक पर्ने पिपिई लगायतका सामग्रीहरुको ब्यवस्था गर्ने, अत्यावश्यक ठांउहरुमा राहतको प्रवन्ध गर्ने, संंकास्पद बिरामीहरुको परीक्षण तथा उपचार गराउने, खाद्य बजार ब्यवस्थापन र अनुगमन गर्ने लगायतका कुराहरुमा केन्द्रित भएको पाईएको छ ।
स्वास्थ्य मन्त्रालयको चैत्र २२, २०७६ को रिपोर्टका अनुसार कोरोना नियन्त्रणकालागी हालसम्म करिव २८ हजार क्वारेन्टाईन बेड संख्या, ३२ सयको संख्यामा आईसोलशन कक्ष र आवश्यकता अनुसार क्रमशः पिपिई लगायतका सामग्रीहरुको ब्यवस्थापनमा लागेको देखिएको छ । यसैगरी केन्द्रिय सरकारले बजेट उपलब्ध गराई स्थानिय सरकार मार्फत राहत वितरण हुनेगरी आवश्यक बजेटको निकाशगर्ने निर्णय गरी कार्य अगाडी बढेको पाईएको छ । यसैगरी ग्यासको खपत कम गरी बिद्युतीय चुलोको प्रयोग बढाउन १५० युनिट सम्मको बिजुली खपतमा २५ प्रतिशत छुट दिने, ईन्टरनेट र डाटा प्रयोगको शुल्कलाई २५ प्रतिशत कम गर्ने, चैत्र महिनाको शिक्षण शुल्क र घरभाडा छुटदिन सम्बन्धीत पक्षलाई अनुरोध गर्ने, भ्याट, कर लगायतका बिवरण बुझाउने, श्रृmण ब्याज असारभित्र बुझाउदा हुने, बिभिन्न नवीकरणका मितिहरुमा जरिवाना नलाग्ने ब्यवस्था गर्ने कार्य सरकारले अगाडी ल्याएको छ । चैत्र २२ गतेको मन्त्रीपरिषदको बैठकले बढ्दो संक्रमणको जोखिम कम गर्नकालागी एक स्थानिय निकायबाट अर्को स्थानिय निकायमा प्रवेश गर्न तथा आवतजावतमा रोक समेत लगाउने, स्थानिय तथा प्रदेश सरकारलाई प्रकोप र राहत ब्यवस्थापनमा थप भुमिका सहित सकृय गराउने लगायतका निर्णय गरी नागरीकहरुलाई थप सतर्क गराउने प्रयास गरेको छ तर जनताहरु अझैपनि हुनुपर्ने जती सचेत नभई घरबाहिर निस्कने, सामाजिक दुरी र सचेतनाका कुराहरुमा कम ध्यान दिने, लकडाउन उल्लङ्गन गर्ने, संभावनालाई मजाकको रुपमा लिने लगायतका कार्यमा उद्यत देखिएबाट केही चिन्ता पनि बढाएको छ ।
सरकारले खडा गरेको राहत कोषमा समेत ठूलो जम्मा भईसकेको वर्तमान अवस्थामा सरकारले निजि क्षेत्रलाई मात्र अनुरोध गरिरहने भन्दापनि आफूले आफ्ना जनतालाई अफ्टेरो परेको बेलामा सरकारी श्रोतबाटै अधिकतम राहतका प्याकेजहरु ल्याउनु पर्ने आवाजहरु जनस्तरबाट टरकारो रुपमा उठिरहेको वर्तमान अवस्थामा सवैतहका सरकारले थप गम्भिरताका साथ यता तर्फ सोच्नुपर्ने बेला आएको छ ।
५. कोरोना संक्रमणले तत्काल पारेको प्रभाव
कोरोना महामारीको कारण एउटा दुइृवटा देशमात्र नभएर विश्वब्यापी लकडाउनको अवस्था छ । मानिसहरु आफ्नै घरभित्र बन्दी अवस्थामा छन भने सार्वजनिक सहित बिलासी गाडीहरुसमेत ग्यारेजमा महिनौ थन्क्याईएको अवस्था छ । अदृष्य भाईरसको कारणले बिज्ञानले आविश्कार गरेका कतिपय कुराहरुमाथी चुनौती खडा गरेको छ । अंकमाल र शारिरिक सामिप्यताबाट अभिवादन गर्ने पश्चिमी संंस्कृती पुर्वीय संस्कृती जस्तै टाडैबाट नमस्कार अभिबादन गर्न बाध्य छ । राजनैतिक बन्द हडताल गर्न नदिने सरकार आफै बन्द गराउदै हिड्नुपर्ने वाध्यता सृजना भएको छ । एउटै गांउको रुपमा परिभाषित विश्वभित्र देशदेशको आवागन रोक्न हवाईउडान र नाका बन्द गर्नु परेको छ । महाशक्ति राष्ट्रहरुको भिटोपावर र दब्दवा अनिश्चित भएको छ । बाटोमा नगद रकम फ्याक्न थालिएको दृष्यले विश्वमै आर्थिक तथा अन्य खालका संकटहरुको संकेत गरिरहेको छ । जसबाट उद्योग, ब्यापार, पर्यटन जस्ता क्षेत्रमा कडा चुनौती खडा गरेको छ । फाटेको ओजोन तह बाक्लिएपनि मानिस आश्रित पशुपंक्षीमाथी संकट थपिएको छ । विश्को हालको सम्पुर्ण ध्यान कोरोना नियन्त्रणमा केन्द्रित गरिएको यो अवस्था लामो रहे आगामी दिनको सामाजिक, आर्थिक, राजनैतिक, तथा अन्य क्षेत्रको सन्तुलन कायम राखिरहन के गर्ने भन्ने अवस्था सृजना भएको छ । नेपाल लगायतका रेमिट्यान्सले धानेका मुलुकहरुमा भोलीका दिनमा आर्थिक मन्दी संगै हुने बैदेशिक रोजगारीको कटौतीले ल्याउने समस्या आंकलन गर्ने नसकिने खालको छ । प्राय सवै देशको राजश्व संकलनको स्थिति ठप्पप्राय छ ।
नेपाल सरकार अर्थ मन्त्रालयद्वारा प्रकाशित तथ्यांंक बमोजिम राजश्व संकलन उल्लेख्य मात्रामा घटेको छ । आ।व। ०७६—७७ मा कुल राजश्व लक्ष १,११,१२० करोड रहेकोमा २०७६ माघ सम्ममा ५१,६०० करोड मात्र संकलन भई उल्लेख्य कमी आएको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांंक बमोजिम रेमिट्यान्समा समेत गत बर्षको यही अवधीको तुलनामा शुन्य दशमलव पांच प्रतिशतले घटेको छ । अर्थ मन्त्रालयले हालै एक सुचना प्रकाशित गरेर झन्डै १ दर्जन शिर्षकमा छुट्याईएको बजेट स्थगन गरेर वित्तिय संकटको संकेत गरेको छ ।
यसैगरी नेपालबाट बैदेशिक रोजगारीमा रहेका करिव ५० लाख मानिसको रोजगारी कोरोनाको महामारीसंगै जोखिममा परेको छ । युरोप, अमेरिका, अष्ट्रेलिया, क्यानाडा लगायतका मुलुकमा आंशिक मजदुरी गर्दै अध्ययनरत बिद्यार्थीहरुको समेत भविश्य जोखिममा रहेका समाचार आईरहेका छन । अष्ट्रेलियाका प्रधानमनत्रीले हालै देशमा रहेका बिदेशी बिद्यार्थी र वर्यटकलाई आफ्नो आर्थिक अवस्थाले भ्याउन्जेलमात्र अष्ट्रेलिया बस्न जानकारी गराएका छन । यस्तै खालको आषय अन्य देशहरुको समेत देखिन थालेको छ । जसबाट प्रतक्ष परोक्ष रुपमा रेमिट्र्यान्स र रोजगारी ब्यवस्थापन दुवैमा असर पुग्नेछ । कोविड —१९ कै कारणले कामदारलाई बेतलवी बिदामा बस्न दवाव दिईएको वा रोजगारीमा कटौती गर्दै बैदेशिक कामदारलाई घर फर्काउने रणनिती धेरै वटा देशहरुले बनाईरहेको कुरा बिबिसीले जनाएको छ । तत्कालका लागी यूएईले आधा पारिश्रमिक कटौती गरेको छ । रोमानियामा ५ सय नेपाली कामदारलाई बेतलवी बिदा दिईएको घटना युरोपेली रोजगारी कटौतीको एक उदाहरण हो । नेपाली कामदार बाकलो रुपमा रहेका कतार, यूएई, कुवेत, बहराईन, मलेशिया, जर्मन आदि अधिकांश मुलुकमा रोजगारीमा रहेका कामदारहरुले न्यूनतम पारिश्रमिक पाउने कि नपाउने कुरा समेत अन्यौलको अवस्था छ, पारिश्रमिक पाईहाले पनि न्यूनतम पारिश्रमिकमा मात्र चित्त बुझाउनु पर्ने वाध्यता शुरुहुन थालेको छ । यसर्थ बैदेशिक रोजगारीमा रहेका र बिभिन्न देशमा आंशिक मजदुरी गर्दै अध्ययनरत बिद्यार्थीहरुको ठूलो हिस्सा नेपालमै रहनेकुरा नेपालकालागी चुनौती र अवसर दुवै हो यसको सही ब्यवस्गापन गर्नेबेला आएको छ ।
६. कोरोनाले सिकाएका नयां पाठहरु
कोरोना विरुद्घको लडाईसंगसंगै हाम्रो भोगाईबाट अव हामी मानव जातीले कतिपय कुरालाई नयां ढंगबाट सोच्नुपर्ने तथा केही थप कुरा सिक्नुपर्ने भएको छ । रोगलागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उचित भनेझैं जिन्दगी बचाउनमा उपचारको भन्दा रोगथामको ज्यादा भुमिका हुनेरहेछ भन्ने बुझ्नु जरुरी भएको छ । ईम्यूनिटी पावर धेरै हुने ब्यक्तिहरुमा भाईरस संक्रमणसंग लड्ने क्षमता समेत धेरुै हुने भएकाले बालबालिकाहरुको स्वास्थ्य शिक्षालाई बढावा दिनुपर्ने तथा सामुदायिक र जनताको समस्यामा बढी भन्दा बढी जिम्मेवारी लिनेखालका स्वास्थ्य संस्थाहरुको बिकाशमा ध्यान दिनुपर्ने कुरा ब्यवहारले सिकाएको छ । महामारीहरुसंग जुध्न र आकस्मिक अवस्थाको खरिद लगायत सामग्री ब्यवस्थापनकालागी हामीले खासै कुनै कार्य गरेका रहेनछौं जसकालागी उपयुक्त सावधानी, सोच र बिषेश कानुनहरुको ब्यवस्थापनमा ध्यान पुर्याउनु जरुरी रहेको कुरा पछिल्लो परिष्थितीले सिकाएको छ ।
अंकमाल र शारिरिक सामिप्यताबाट अभिवादन गर्ने पश्चिमी संंस्कृती भन्दा टाडैबाट नमस्कार अभिबादन गर्ने पुर्वीय संस्कृती संक्रकमण सतर्कताको दृष्ट्रिकोणबाट उपयुक्त रहेछ भन्ने पाठ हामीले कोरोना माहामारीसंगै सिकेका छांैं । संकटको बेला अनाधिकृत रुपमा जनताहरुलाई त्रसित बनाउने खालका सुचना सम्प्रेशषणमा केहीहदसम्म अंकुश लगाउदै जिम्मेवार मिडियाको परिकल्पना गर्नुपर्ने रहेछ भन्ने पाठ समेत माहामारीले पढाएको छ । विश्वब्यापी आर्थिक मन्दी आउने अवस्था सृजना भई रेमिट्यान्समा नकारात्मक असर परेका बेला युवाहरुलाई देशविकाश र आन्तरीक रोजगारीमा आकर्शित गर्ने खालका निती बनाउदा उपयुक्त हुनसक्ने कुरामा दुईमत छैन । प्रत्येक ठाउंका मौलिक उत्पादनहरुलाई संरक्षित गरी आत्मनिर्भरतालाई बृद्घि गर्न जरुरी छ भन्ने सन्देश यो माहामारी दिएको छ । ब्रेन ड्रेनलाई कम गर्नकालागी यो उपयुक्त समय हो भन्ने लामो घरबसाईले सिकाएको छ ।
७.सरकार र नागरीकको जिम्मेवारी
कोरोनाको संक्रमणदर बढीरहेको वर्तमान अवस्थामा जनताको ज्यान वचाउने कार्यमा सरकारका सवै अंगहरु कुनै कसर बांकी नराखी अगाडी बढने बेला आएको छ । आक्रान्त जनताहरुकालागी अधिकतम राहतका प्याकेजहरु ल्याउनु पर्ने आवाजहरु जनस्तरबाट टरकारो रुपमा उठिरहेको वर्तमान अवस्थामा सरकारको साधनस्रोतले भ्याएसम्म राहत र जीवन वचाउ अभियान तिब्र रुपमा अगाडी बढाउनुपर्ने बेला आएको छ । सरकारले अब रोगको प्रतिरोधात्मक र उपचारात्मक दुवै उपायहरु समानान्तर रुपमा अगाडी बढाउनु पर्दछ । उपकरण खरिदमा भ्याट छुट लगायतका बिभिन्न सुविधाहरु लिईरहेका निजी अस्पतालहरुले राम्ररी जिम्मेवारी बहन गरेनन भनेर चर्को आवाज उठिरहेको अवस्थामा मेडिकल सम्बन्धी नितीगत परिमार्जन सहित कढाईका साथ अघि नबढने हो भने महामारी थप बढेमा अफ्ठेरो परिस्थिती आउन सक्दछ । भाइरस नियन्त्रणमा नागरीकहरुको पनि उत्तिकै जिम्मेवारी रहन्छ । सचेतनाका सवै उपायहरुलाई हुबहु अवलम्बन गरी संक्रमण हुन नदिने तर्फ पुर्ण सचेत हुनु जरुरी छ । ईटलीका जनताले भाईरस सम्बन्धी सतर्कतालाई वेवास्ता गरेका कारण अहिले गम्भीर समस्या भोग्नु परिरहेको छ । अमेरिकाले समेत समयमै उपयुक्त उपायहरु अवलम्बन गर्न नसक्दा र लकडाउन नगर्दा हाल भयाभय स्थिती सृजना भएको छ । यसर्थ राज्य र नागरिक दूवै पक्षले जिम्मेवार ढंगमा प्रस्तुत भई बलबुताले भ्याएसम्म कोरोना लडाईबाट पार पाउन लागी पनेुपर्ने कुरामा दुईमत छैन ।
८. अब त केही अठोट गरौं
हप्तौं सम्म लकडाउन भई घरमै बन्दी सरह भई कोरोना महामारीसंगको लडांई लडिरहदा अव हामीले आगामी दिनमा यस्ता भयावह स्थितीसंग दरिलो रुपमा भिड्नसक्ने गरी आन्तरीक संरचनात्मक तयारी गर्ने प्रण राज्य, नागरीक समाज र प्रत्येक जनताले लिन सक्यौं भने मात्र सच्चा सिकाई हुन्छ । महामारी बिरुद्वको तत्कालिन र दिर्घकालिन लडांईको तयारीको प्रण सहित भरखरै राजनैतिक संक्रमणकाल समाप्त गरी आर्थिक रुपान्तरणको बाटोमा अगाडी बढ्दै गरेको नेपालको बिकाशकालागी समेत महामारीले गम्भीर असर पर्न सक्नेकुरालाई मनन गर्दै हालको सिकाईबाट दिर्घकालिन रुपमा हामीले केही अटोटहरु गर्नुपर्ने देखिन्छ ।
१। नेपालबाट बैदेशिक रोजगारीमा रहेका करिव ५० लाख मानिसको रोजगारी कोरोनाको महामारीसंगै जोखिममा परेको र बिभिन्न देशमा आंशिक मजदुरी गर्दै अध्ययनरत बिद्यार्थीहरुको ठूलो हिस्सा स्वदेश फिर्ता भई नेपालमै रहनसक्ने कुरा नेपालकालागी चुनौती र अवसर दुवै हो हालको संक्रमणबाट मुक्ती पाएसंगै बिगतमा रोजगारीको अभावमा बिदेशिन बाध्य सीपयुक्त युवा जमातलाई नेपालमै रोजगारी सृजना गराउने प्रण गर्ने बेला आएको छ ।
२। बैदेशिक रोजगारीमा कमी आएसंगै नेपाली अर्थतन्त्रको मुल अधार रेमिट्यान्समा ब्यापक कमी आउन सक्ने कुराले आयातमुखी हाम्रो अर्थतन्त्रको सोधान्तर स्थितीमा ठुलो खाडल देखापर्न सक्ने भएकोले त्यसतर्फ गम्भीर भएर निर्यातजन्य उत्पादन बढाउने अठोट लिने बेला आएको छ
३। घरघडेरी, गाडी, गहना, नगद, भड्किलो संस्कृती जस्ता अनुत्पादक खर्चहरुमा प्राथमिकता दिन बानी परेका हामीले अब उत्पादनशील क्षेत्रमा साधनस्रोतको प्रयोगलाई बढाउने प्रण गर्ने बेला आएको छ ।
४। संगीयतामा गएसंगै स्थानिय, प्रदेश र संघीय गरी तिनैतहका सरकारहरुले सकृय भुमिका खोजिरहेको वर्तमान परिप्रेच्छमा समाज रुपान्तरणकालागी आवश्यक भुमिकामा तिनैतहका सरकार कार्य गर्ने र सोसम्बन्धी वातावरण निमार्ण गर्ने अठोट लिने बेला आएको छ ।
५। महामारीबाट सिर्जित मानव संकट यो पहिलो होईन किनकी बिगतमा हामी पटकपटक महामारीको चपेटामा परीसकेका छौं यसर्थ यस्ता संकटको सहज सामना गर्नसक्ने गरीको स्वास्थ्य संरचना बनाउने तर्फ आजैबाट लागौं ।
६। माहामारीबाट आक्रान्त रहेको विश्व अर्थतन्त्रमा आर्थिक मन्दी आउने निश्चितप्राय छ, यसर्थ आर्थिकमन्दीको अवस्थामा देशको अर्थतन्त्रलाई चलायमान राख्नकालागी अपनाउन सकिनेखालको सबै उपायहरु आजैबाट अवलम्बन गरौं ।
७। संकट र माहामारीले सिकाएको एउटा प्रमुख पाठ भनेकै खाद्यान्न उत्पादनमा सकेसम्म आन्तरीक उत्पादनमा निर्भरता खोजिएमा नाकाबन्दी लकडाउन जस्ता समयमा सहजै पार पाउन सकिन्छ तसर्थ बैज्ञानिक र कर्पोरेट खाद्यान्न उत्पादन प्रणालीलाई आजैबाट प्राथमिकता दिऔं । कृषिमा सहज बैंक श्रृण, खाद्यान्यको न्यूनतम समर्थन मुल्यको निर्धारण, कृषि उपकरणमा जोड, कृषि क्रान्तीको अवधारणा जस्ता कुराहरुलाई आजैबाट राष्ट्रिय निती भित्रल्याई कार्यान्वयनमा जाऔं ।
८। कृषिमा आधारित उद्योगहरुको स्थापनालाई बढावा दिन प्रोत्साहनमुलक प्याकेजहरु शुरु गरी आयात प्रतिष्थापनमा जोड दिने तथा भूमीको अर्धप्रयोगको अवस्थाको अन्त्य गरौं ।
९। ईन्टरनेशनल प्रोफेशनल सर्भिसेज फर्मले लामो अनुसन्धान पश्चात तयार पारेको “दि वल्र्ड ईन २०५०” नामक प्रतिबेदनमा उल्लेख भए अनुसार अबको ३० बर्षभित्र विश्वका शक्तिसम्पन्न राष्ट्रहरुको वर्तमान सुचीमा ब्यापक हेरफेर भई हालका बिकासशील देशहरु समेत अगाडी आउने कुराको प्रक्षेपणलाई आत्मसाथ गर्दै अर्थतन्त्रलाई ब्यापक पुर्नसंरचना गरी अगाडी बढ्दै त्यस्ताखालका अवसमा नेपाललाई उभ्याउन अघि बढ्नुपर्ने बेला आएको छ ।
१०। संयुक्त राष्ट्र संघले प्रक्षेपण गरेअनुरुप सन २०५० सम्म विश्व बजारको आकार हालको तुलनामा दोब्बर हुने तर जनसंख्या हालको तुलनामा २६ प्रतिशत मात्र बढ्ने भन्ने आंकलनबाट उत्पादन बृद्वि गरी निर्यात बढाउन सकिने दरिलो आधार देखिन्छ यसर्थ त्यतातर्फ आजैबाट लागौं ।
११। विश्वब्यापी लकडाउनका कारणले पृथ्वीको वातावरणीय पक्षमा सकारात्मक परिवर्तन आएको कुरा बिभिन्न अनुसन्धान प्रतिबेदनहरुले बताईरहेका छन, क्यालिफोर्निया विश्वविद्यालय आर्थिक बिभागका एशोशिएट्स प्रोफेसर डेभिसका अनुसार विश्वका अधिकांश मुलुकका नागरीकको बाहिरी चहलपहलमा कमी आएसंगै वायू गुणस्तरमा सकारात्मक परिवर्तत आई पृथ्वीको वातावरणीय सन्तुलनमा टेवा मिलेको छ । यसर्थ नेपालले समेत स्थानिय तथा ग्रामिण स्तरमै रोजगारी र सरकारी सुविधाहरुको बृद्घि गरी शहरीवातारणमा सुधार ल्याउन सक्ने कुरालाई मनन गर्दै निती निर्देश गर्नु आवको आवश्यकता बनेको छ ।
१२। हालको रोजगारमुखी अर्थतन्त्रलाई बदल्दै बैदेशिक रोजगारीबाट अधिकांश मानिस स्वदेशतर्फ आउन शुरु गरेको वर्तमान अवस्थामा स्वरोजगारमुखी अर्थतन्त्र निर्माणमा अगाडी बढ्नुपर्ने बेला आएको छ ।
१३। यस्ता महामारीमा स्वच्छ खाद्यान्न र जडीबुटीको प्रयोगबाट ईम्यूनिटी पावर बढाई संक्रमणलाई घटाउन सकिनेरहेछ भन्ने सिकाई र प्राकृतिक जीवनशैलीमा बांच्दै महामारी लगायतका लडाईमा नैतिक बल प्राप्त गर्न सकिन्छ भन्ने पुराना पुस्ताको मान्यतालाई समेत अनुशरण गर्दै नेपालमा अथाहरुपमा रहेका जडीबुटीहरुकाई जर्गेर्ना, उत्पादन, प्रयोग र निर्यात समेत गर्ने तर्फ अघि बढेमा राष्ट्रलाई फाईदा हुने देखिन्छ ।
१४। आयातबाट मात्र प्रापत् हुने एलपी ग्यास तथा अन्य प्रेट्रोलियम पदार्थहरुको प्रयोगलाई घटाउदै बिद्युतिय चुलो, बिद्युतिय सवारी लगायतको प्रयोगलाई बढावा दिने निती बनाई जलस्रोतको प्रचुर सम्भावनालाई यथार्थतामा बदल्ने दिशामा अगाडी बढ्नकालागी बिद्युतिय शुल्क घटाउने, आवश्यन निति निर्माण गर्ने लगायतका केही ठोस कदम उठाउन ढिला गर्न नहुने कुरा प्रष्ट छ ।
९. निष्कर्ष
महामारी बिरुद्वको तत्कालिन र दिर्घकालिन लडांईकालागी राज्य, राजनितिज्ञ, नागरीक समाज, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सवै एउटै सोचका आधारमा एकै ठाउंमा उभ्भिएर गोलबद्घ भई महामारी निष्तेज पार्न लागि परौं । सरकारले निजि क्षेत्रबाट मात्र स्रोत परिचालन गर्ने भन्दापनि सरकारी श्रोतबाटै सम्भवभएसम्मका अधिकतम राहतका प्याकेजहरु ल्याउन तर्फ लागौं । महामारीलाई अन्त्य गर्न सरकारका असल कामहरुमा सकृय सहयोग पुर्याउदै सरकारकारले गरेका कमीकमजोरीलाई रचनात्मक सुझाव मार्फत सच्याउन प्रयास गरौं । सरकार सवैपक्षको सहयोग प्राप्त गर्न सक्ने वातावरण बनाउने तर्फ गम्भीर बनोस तथा सरकारका बिपक्षीहरु समेत सरकार परिवर्तन, मध्यावधी चुनाव लगायतका मागहरुलाई थांती राखी बेमौसमी बाजाबजाउन छोडेर माहामारी अन्त्य गराउने तर्फ लागौं । कोरोना महामारीसंगको लडांई लडिरहदा अव हामीले आगामी दिनमा यस्ता भयावह स्थितीसंग दरिलो रुपमा भिड्नसक्ने गरी आन्तरीक संरचनात्मक तयारी गर्ने प्रण राज्य, नागरीक समाज र प्रत्येक जनताले समेत लिऔं, यसैमा सवैको कल्याण छ ।
अस्तु, लकडाउनको समयमा लिखित, २०७६ चैत्र २३ गते आईतबार, निजी निवास, बिराटनगर १२
(लेखक त्रिभुवन विश्वविद्यालयको उप-प्राध्यापक हुनुहुन्छ)