प्रिमियर वायर्सद्वारा इलेक्ट्रिसियन समिट सफलतापूर्वक सम्पन्न

<span class='c1'>प्रिमियर वायर्सद्वारा इलेक्ट्रिसियन</span> <span class='c2'>समिट सफलतापूर्वक सम्पन्न</span>

विराटनगर।प्रिमियर वायर प्रा.लि. द्वारा आयोजना गरिएको “Powering Nepal – Electrician Summit 2026” हिजो विराटनगरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

विराटनगरका विभिन्न स्थानबाट सहभागी भएका इलेक्ट्रिसियनहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रममा आधुनिक विद्युत प्रविधि, सुरक्षा मापदण्ड तथा गुणस्तरीय वायरको प्रयोगसम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी इलेक्ट्रिसियनहरूलाई सम्मानपत्र समेत वितरण गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्नुका साथै सुरक्षित र गुणस्तरीय विद्युत प्रणाली प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

कम्पनीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरू मार्फत इलेक्ट्रिसियनहरूको सीप विकास र नेपालको विद्युत क्षेत्रको उन्नतिमा निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्