उदयपुरका थप एकसय पाँच जनाको कोरोना परिक्षा रिर्पाेट नेगेटिभ

<span class='c1'>उदयपुरका थप एकसय पाँच जनाको</span> <span class='c2'>कोरोना परिक्षा रिर्पाेट नेगेटिभ</span>

गाईघाट,वैशाख १३ गते । नेपालमै सबैभन्दा धेरै कोरोना संक्रमित देखिएको उदयपुरमा कोरोना परीक्षणलाई तिव्रता दिइएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका वडा नं ३ भुल्केस्थित मस्जितमा वसेका १२ भारतीयसहित १६ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीले तयार पारेको संक्रमितहरुको ट्राभल हिस्ट्री अनुसार पिसिआर परिक्षण गरिएका उदयपुरका थप एकसय पाँच जनाको रिर्पाेट नेगेटिभ आएको छ ।

संक्रमितहरुको समूह भुल्केस्थित मस्जीदमा आउनु पूर्व सप्तरीको फत्तेपुर हुदै उदयपुरको चौदण्डिगढी नगरपालिका वडा नं ५ सिवाहिस्थित मस्जिदमा गत फागुनको २५ गते आईपुगेर त्यहि एकसाता बसेको र त्यस क्रममा मुस्लिम समुदायका ५८ जना स्थानीयसँग संसर्ग गरेकोमा उहाँहरुको स्वावको नमूना सङ्कलन गरी प्रादेशिक अस्पताल विराटनगरमा पिसिआर परिक्षण गर्दा सबैको रिर्पाेट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय प्रमुख सुवेदीका अनुसार त्यसपछि मुस्लिम धर्मका जमाती समुह त्रियुगा नगरपालिका वडा नं २ को मोथियाहिको मुस्लिम समुदायमा गएको र त्यहाँ पनि स्थानीय २० जनासँग उहाँहरुको सम्पर्क भएकोमा २० सै जनाको रिर्पाेट नेगेटिभ आएको छ । यस्तै संक्रमितहर सँग अग्रपंतिमा रहेर स्वास्थ्योपचारमा तल्लिन रहेका उदयपुरका विभिन्न २७ जना स्वास्थ्यकर्मिहरुको समेत पिसिआर नेगेटिभ आएको सुवेदीले बताउनुभयो ।

मुस्लिम धर्मगुरुहरुको जमातीबाट कोरोना पोजेटिभ सरेको हैन भन्ने स्पष्ट आधार देखिएकोले अव यूपिमा अध्ययन गरी चैतको पहिलो साता घर आईपुगेका स्थानीय मुस्लिम समुदायकै एक युवकबाट संक्रमण फैलिएको हुनसक्ने आसङ्का गरिएको र यस विषयमा थप अनुसन्धान भइरहेको पनि कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्