विराटनगर । उदयपुरको त्रियुगा नगरपालिकामा राहत बितरण गरिएको छ । प्रदेश खाद्य उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समितिको संयोजक तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदीश प्रसाद कुसियैतले उदयपुर पुगेर राहत उपलब्ध गराउनु भएको हो ।
नेपालमा कोरोनाको केन्द्र भनेर निचिएको उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका स्थानीयलाई खाद्यान्न अभाव हुन नदिनको लागि राहत उपलब्ध गराईएको मन्त्री कुसियैतले बताउनुभयो ।
उदयपुर जिल्ला प्रदेश तथा बाहिरी जिल्ला निस्कनको लागि बन्देज गरिएकोले आपूर्ति व्यवस्थापनमा कठिनाइ भएको खबर आएपछी मन्त्री कुसियैत राती नै राहत सामाग्री सहित टोली लिएर त्रियुगा नगरपालिका पुग्नु भएको थियो ।
राहत आपुर्तिका लागि बिराटनगर देखि उदयपुरसम्म नेपाली सेनाले यातायातको साधनमा सुरक्षा दिएर पुर्याएको थियो । आपुर्ति समितिले उपलब्ध गराएको राहत सामाग्रीमा १० केजी चामल, १ केजी दाल, ५ ओटा चाउचाउ, १ किलो नुन, बिस्कुट र तेल सहित एक हजार २ सय ४० परिवारको लागि ब्यवस्थापन गरिएको मन्त्री कुसियैतले जानकारी दिनुभयो । बिभिन्न संघ संस्थाबाट प्राप्त भएको राहत मन्त्री कुसियैतको नेतृत्वको टोलीले उपयुर पुर्याएको हो ।