कविता "धोका"
सुन ए कठोर अात्माहरु,
म अामा मार्न सक्दिन
घाम जुन हुन अामा,
धर्ती अाकास हुन्
मेरा लागि यो ब्रमान्ड हुन्
प्रतिज्ञा गर्छु बरु जो सहिद भएर गएका छौ।
अामाको सेवक हूँ भनेर
कसम खानेले कसम तोडेका छन्
अाफ्नै सेवामा लागेका छन्
सन्तान छरिपस्ट छन देशविदेश
अामाको बिल्लिबाठ भएको छ।
तिमी चिनिने भनेको तिम्रो माटो हो।
तिम्रो वङ्श र पूर्विय दर्शन हो।सँस्कारलाई लाती बजारेर कसैले सम्वृद्धि कमाएन। तिमीले भने जसैगरी अाएन साम्यवाद ,गएन पूँजीवाद
गौरी पुत्र गणेशले अगाडि अामाको नाम राखेरनै गौरी पुत्र गणेश भएका हुन्।विश्वमा हेर अाज अामाका नामले सपूत चिनिएका छन्।
यी रित्ता कमन्डल्लुमा बुद्दिका पोका राखिदेऊ कोरोना
जब सम्म यी खाली कमन्डल्लु भरिदैनन्
कला सिकाइ देऊ अाफ्ना खुट्टामा कसरी उभिनु पर्छ।
हो कपटीलाई खबर सुनाइ देऊ
म मेरो जन्म माटोलाई मारेर
अाफू सत्तादिका अाभुषणले
सझिन सक्दिनँ भनेका वाणीहरु
बरू नेल्सन मण्डेला भन्थे
हाँसेर अाफू मर्न सक्छु
सन्नतिलाई हँसाउन सक्छु
अामा माथिको बेवास्ता
अाफै माथिको धोका हो।