साझा पार्टीको सुन्दरहरैचा नगरपालिका तथा साझा युवा संगठनको संयुक्त आयोजनामा सुन्दरहरैचाको गछियामा रक्तदान कार्यक्रम भएको छ । सामाजिक दूरी कायमगरी भएको उक्त रक्तदान कार्यक्रम ५३ युनिट रगत संकलन भएको साझा युवा संगठनका केन्द्रीय सदस्य तथा मोरङ्ग जिल्ला सचिव सरोज नेपालले बताए ।
उनले गछियापछि बुढीगंगा गाउँपालिका र विराटनगर महानगरपालिका कमिटीले पनि रक्तदान आयोजना गर्ने बताए ।