आफुलाई राहत आवश्यक नभएको भन्दै झापाका पत्रकारहरुको विज्ञप्ती

<span class='c1'>आफुलाई राहत आवश्यक नभएको</span> <span class='c2'>भन्दै झापाका पत्रकारहरुको विज्ञप्ती</span>

आफुहरुलाई आवश्यक नै नभएको राहत माग गरिएको भन्दै झापाका आधा दर्जन बढि पत्रकारहरुले विज्ञप्ती सार्वजनिक गरि विरोध गरेका छन । बिर्तामोडका पत्रकारहरुले आफूहरुसँगै कुनै सल्लाह नगरी पत्रकार महासंघ झापाले नगरपालिकासँग डेरा गरी बस्ने पत्रकारहरुलाई जनही १० हजारको दरले आर्थिक सहयोग रकम माग गरेको भन्दै उनीहरुले विज्ञप्तीमा उल्लेख गरेका छन् । आफुहरुको सम्लग्नता नरहेको सो घटनालाइ आधार बनाई प्रकाशित खबरहरुको समेत विज्ञप्तीमा खण्डन गरिएको छ । पत्रकारहरुले यस कोरोना भाइरसको प्रकोप बिच अति विपन्न मजदुर परिवारलाई राहत दिनु पर्ने समयमा आफूहरु कसैलाई पनि राहतको जरुरी नभएको विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।

 

यस्तो छ प्रेस विज्ञप्तीको पुर्ण पाठ

प्रेस विज्ञप्ति
मिति - २०७७/१/२७
झापाको बिर्तामोडमा सञ्चालित केहि अनलाइन न्यूज पोर्टलमा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘राहतका नाममा पत्रकारले पाएनन् नगद’ र ‘राहतका नाममा हुण्डी खान खोज्ने पत्रकार हिस्स’ शिर्षकमा प्रकाशित भएको समाचारमा आपत्ति प्रकट गर्न चहान्छौं ।
बिर्तामोडमा घर नभएका डेरामा बस्ने पत्रकारलाई १०-१० हजारका दरले आर्थिक राहत रकम बिर्तामोड नगरपालिकासँग माग गरिएको भन्ने समाचारले हामी बिर्तामोडमा डेरा गरी बस्ने व्यवसायिक पत्रकारलाई बद्नाम गर्न खोजिएको छ । हामीसँग कुनै पनि सल्लाह नगरी, आफु खुशी हाम्रो नाम जोडेर पत्रकार महासंघ झापाले नगरपालिकासँग रकम माग गरेको घटनाले दुखित बनाएको छ । यस घडिमा अति विपन्न मजदुर परिवारलाई राहत दिनु पर्ने समयमा नाजायज हिसावले हाम्रो नाम बेचेर राजनीतिक फाइदा उठाउन खोजिएको हाम्रो ठहर छ ।
यस सन्दर्भमा हामी कसैलाई पनि राहतको जरुरी नभएको र हाम्रै पहलमा अन्य अति विपन्न परिवारलाई राहत दिने काम भइरहेको समेत यसै विज्ञप्ति मार्फत जानकारी गराउँछौं । पत्रकार महासंघ झापाले यस घटनाका सन्दर्भमा कसकसको नाममा रकम माग गरिएको थियो नामावली समेत उपलब्ध गराई आफ्नो धारणा सार्वजनिक गरी यस्ता गतिविधिमा सरिक व्यक्तिको पहिचान गरी कारवाही गर्न जोडदार माग गर्दछौं ।

प्रदीप परियार , इजलास दैनिक
रमेश तिवारी, सुर्योदय टिभी
राधिका आचार्य, सुर्योदय टिभी
शम्भु दाहाल, विर्ता ज्योती
सुनिरा मैनाली, सजिलो खवर
नरेश गुरुङ, मेची टाइम्स
अच्यूत सुवेदी, आगन एफएम
सुरज प्रधान, आगन एफएम
नरेन्द्र ढकाल , पूर्वाञ्चल दैनिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्