गुडिरहेको बसभित्रै युवतीको बलात्कार भएको छ ।
भूकम्पको त्रासका कारण काठमाडौंबाट पाँचथरसिथत घर हिँडेकी उनलाई झापामा बस चालक कन्डक्टरले बलात्कार गरेका हुन् । कान्तिपुर दैनिकमा समाचार छ ।
पीडितको उजुरीको आधारमा चालक मेचीनगर ११ का देबेन्द्र घिमिरे र कन्डक्टर भद्रपुर १२ का निमेष खतिवडालाई पक्राय गरिएको डिएसपी विश्वमणि पोखरेलले जानकारी दिए । ना ४ ख ७२४२ नम्बरको बस झापास्थित चारआली चन्द्रगढी सडकखण्डको सहिद चोकमा पुगेपछि उनीहरुले बलात्कार गरेका थिए ।